अब फेसबुकले क्यामेराबाट आफ्ना प्रयोगकर्ताको गोप्य निगरानी गर्ने
काठमाडौं, जेठ । फेसबुकले कम्प्युटरको वेबक्याम तथा स्मार्टफोनमा रहेको क्यामराको माध्यमबाट प्रयोगकर्ताहरुको गोप्य रुपमा निगरानी गर्ने योजना बनाएको छ । सोसल नेटवर्किंङ साइट फेसबुकले आफ्ना प्रयोगकर्ताको गतिविधि रेकर्ड गर्ने योजना बनाइरहेको हो ।
फेसबुकले दर्ता गराएको एक टेक्नोलोजी पेटेन्टका बारेमा हालै खुलासा भएको छ । जस अनुसार फेसबुक अब प्रविधिको माध्यमबाट प्रयोगकर्ताका प्रतिक्रिया तथा आनीबानीका विषयमा जानकारी हासिल गर्नेछ र सोही आधारमा प्रयोगकर्तालाई सामाग्रीहरु पस्किनेछ ।
फेसबुकमा देखिने कन्टेन्टहरुको बारेमा प्रयोगकर्ताले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुराको निगरानी गर्न वा रेकर्ड राख्ने काम उक्त प्रविधिले गर्नेछ । साथै फेसबुकमा लामो समयसम्म टिकाइराख्ने तस्वीरको समेत फेसबुकले विश्लेषण गर्नेछ । यसक्रममा क्यामेराबाट खिचेको प्रयोगकर्ताको मुखाकृतिको विश्लेषण गर्नेछ ।
अर्थात् यदि तपाइँले फेसबुकमा कसैले राखेको तस्वीर हेरेर मज्जा लिनुभयो र मुस्कुराउनुभयो भने तपाइँको त्यो अभिव्यक्तिको आधारमा फेसबुकले तपाइँको न्यूज फिडमा सोही व्यक्तिका अन्य तस्वीर पनि देखाइदिनेछ ।
तर यदि तपाइँले कुनै तस्वीर वा भिडियो हेरेर बेखुस भई तत्काल फेसबुकबाटै बाहिरिनुहुन्छ वा स्क्रिनबाट नजर हटाउनुहुन्छ भने फेसबुकले तपाइँको न्यूजफिडमा यस्तो खाले भिडियो तथा फोटोहरु देखाउन बन्द गर्नेछ । विज्ञापनको मामिलामा पनि यो लागू हुनेछ ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











