दार्जिलिङमा नेपाली भाषीमाथि सरकारको चरम दमन, महिला र बालबालिका प्रहरीको निशानामा
काठमाडौं, ३१ जेठ । भारतको दार्जिलिङमा गोर्खाल्याण्ड राज्यको माग गर्दै गरिरहेको आन्दोलन थप चर्किएको छ । दार्जिलिङमा बसोबास गर्ने नेपाली भाषीहरुले गोर्खाल्याण्ड राज्यको माग गरेपनि भारतीय सरकारले सेना परिचालन गरेर दमन गर्न थालेपछि आन्दोलन थप चर्किएको हो । गोर्खा जनमुक्ति मोर्चाले सन २००७ देखी नै छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै संघर्ष गरिरहेको छ ।
नेपाली भाषीको बाहुल्यता रहेका गोर्खाल्याण्डमा भारतीय सरकारले त्यहाँको बंगाली भाषालाई कामकाजी भाषा बनाएपछि पछिल्लो पटक आन्दोलन चर्किएको हो । भारतीय सरकारले आन्दोलनकारीमाथि कदनको नीति लिएको छ । आन्दोलनकारी पनि आफ्नो अन्तिम लडाई भन्दै मैदानमा उत्रिएका छन् ।
आन्दोलनकारीहरुले आफ्नो भाषालाई श्वास रहनुन्जेल मर्न नदिने भन्दै कडा संघर्ष गरिरहेका छन् । प्रहरीले भने कडा दमन गरिरहेको छ । प्रहरीले विशेषगरी महिला तथा बालबालिकामाथि लाठी चार्ज, धरपकड तथा गिरफ्तार गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि मोर्चाले गरेको आन्दोलनपछि नेपाली भाषीका माग सम्बोधन गर्न भन्दै गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जेटीए) गठन गरिएको थियो । अहिले आएर नेपाली भाषीमाथि समेत बंगाली भाषा थोपर्न खोजेपछि आफूहरु बाध्य भएर आन्दोलनमा जानुपरेको गोर्खा जनमुनिक्त मोर्चा केन्द्रका प्रमुख बिमल गुरुङले भनाई छ ।
बंगाली भाषा थोपर्ने पश्चिम बंगालको तृणमुल काँग्रेस नेतृत्वको सरकारको निर्णयविरुद्ध दार्जिलिङमा निकालिएको शान्तिपूर्ण जुलुसमाथि प्रहरी लगाएर हस्तक्षेप गर्दा ५० भन्दा बढी घाइते भएको मोर्चाले जनाएको छ ।
गुरुङले दार्जिलिङमा सेना तैनाथ गरेर मुख्यमन्त्रीले अनुशासित मोर्चा कार्यकर्तालाई आतंकवादीको संज्ञा दिन खोजेको भन्दै राज्य सरकारको यस्तो हस्तक्षेप र ज्यादतीले अब पहाडमा जीटीएरुपी अन्तरिम स्वायत्त निकायलाई जारी राखिरहनुको कुनै अर्थ नभएकाले गोर्खाल्याण्ड राज्य गठनको माग गर्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् । बंगालमा ममता बनर्जी सरकारले सरकारी स्कुलमा कक्षा १ देखि १० सम्म बंगाली भाषा अनिवार्य गरेको छ ।
नेपाली भाषीहरुको आन्दोलनका कारण दार्जिलिङसहित, मिरिक, कालिम्पोङ, खरखाङलगायत क्षेत्र ठप्प प्राय बनेका छन् । गोर्खाल्याण्ड आन्दोलन थप बढ्दै जाँदा सबैलाई आन्दोलनमा अनिवार्य रुपमा उपस्थित हुन मोर्चाले पनि सबै नेपालीभाषी समुदायलाई आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












