कञ्चनपुरमा कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा ज्वाँईपनि प्रतिस्पर्धामा

भीमदत्तनगर, ३१ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरका नौवटै स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। आगामी असार १४ गते हुने निर्वाचनका लागि चुनावी घरदैलोलाई तीव्र बनाएका दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। भीमदत्त नगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रतिस्पर्धामा अगाडि आउने देखिएको छ।
गत संविधानसभाको निर्वाचनमा कञ्चनपुरमा चारवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस विजयी भए पनि स्थानीय तहको निर्वाचनमा जित हासिल गर्न काँग्रेसलाई सहज छैन। अग्रस्थानमा जिल्लाभरका उम्मेदवार टुङ्गो लगाएर घरदैलोमा जुटिरहेको एमाले र सबैभन्दा ढिलो गरी उम्मेदवार टुङ्गो लगाएको काँग्रेसबीच यहाँका कतिपय नगरपालिकामा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी लगायतका अन्य साना दलले चुनावी प्रतिस्पर्धामा भाग लिएपनि सङ्गठन कमजोर भएका कारण निर्वाचन आफ्नो पक्षमा पार्न सकस छ।
प्रमुख राजनीतिक दलले यहाँको जेठो भीमदत्त नगरपालिकाको प्रमुखलाई आफ्नो अस्तित्वको लडाइँ सम्झिएका छन्। नेपाली काँग्रेसबाट भीमदत्तको प्रमुखमा काँग्रेसले पदम बोगटीलाई उम्मेदवार बनाइएको छ। अघिल्लो वर्ष काँग्रेस कञ्चनपुरको पार्टी सभापतिमा पराजित बोगटी दशकौँदेखि सक्रिय राजनीतिको पर्दामा देखिँदै आएका उम्मेदवार हुन्।
त्यसैगरी, एमालेबाट उम्मेदवार बनेका सुरेन्द्र विष्ट एमाले कञ्चनपुरका सचिव हुन्। सङ्गठनभित्र राम्रो पकड भएका विष्ट भीमदत्त नगरवासीसामु कति लोकप्रिय बन्छन्, त्यो निर्वाचनको परिणामले देखाउनेछ।
माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्य गोपाल रसायलीलाई भीमदत्तको प्रमुखमा उम्मेदवार बनाएको छ। माओवादी खुल्ला राजनीतिमा आएसँगै रसायली जिल्लामा पार्टीका सक्रिय नेताका रुपमा परिचित छन्। क्षेत्रीय राजनीतिको समेत प्रभाव रहने कञ्चनपुरमा रसायली पनि क्षेत्रीय मत पाउनेमा आशावादी छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीमा नवप्रदेशी गजेन्द्रबहादुर चन्द भीमदत्त नगरपालिकाको प्रमुख पदको उम्मेदवार भएयता दिनरात घरदैलोलाई निरन्तरता दिइरहेका छन्। कञ्चनपुर निर्माण व्यवसायी सङ्घको अध्यक्षसमेत रहेका चन्द भीमदत्तमा युवा पुस्तामाझ बढी परिचित छन्। सङ्गठन कमजोर भएकाले उनलाई पनि निर्वाचनमा विजयी हुन त्यति सहज भने छैन ।
हालसम्मको चुनावी सरगर्मी हेर्दा भीमदत्तमा काँग्रेस, एमाले र माओवादी केन्द्रबीच नै प्रमुख पदमा प्रतिस्पर्धा हुने देखिएको छ। त्यसैगरी, महाकाली नगरपालिकामा नेपाली काँग्रेसको सङ्गठन बलियो मानिन्छ। तर पनि त्यहाँ प्रमुख राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने स्थानीय नेताको भनाइ छ। यहाँको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेल्डाँडी र लालझाडी गाउँपालिकामा पनि प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिन्छ।
टिकट वितरणमा गरेको ढिलाइका कारण काँग्रेसभित्र केही असहज महसुस भएको छ भने पहिलो चरणको निर्वाचनको मतपरिणामको निरन्तरता नै कञ्चनपुरमा दोहोरिनेमा एमाले आशावादी छ। माओवादी केन्द्रमा पछिल्लो समय अन्य पार्टी परित्याग गरी आउने क्रम बढेसँगै चुनावी घरदैलोलाई तीव्र बनाएपछि माओवादी पनि केही नगर र गाउँपालिकामा जित हासिल गर्ने दाबी गर्दैछ।
ससुरा–ज्वाइँ चुनावी मैदानमा
कञ्चनपुरको भीमदत्तन गरपालिका–७ हल्दुखालमा भने ससुरा–ज्वाइँबीच प्रतिस्पर्धा हुने भएको छ। स्थानीय तहको निर्वाचनका लागि सो वडामा नेपाली काँग्रेसले गजेन्द्र चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। फरक पार्टी भएकाले उनले ससुरा–ज्वाइँ बीचको प्रतिस्पर्धालाई सामान्य रुपमा लिएको बताए।
दुई हजार ९७२ जना मतदाता रहेको हल्दुखालमा एमालेले गणेशबहादुर चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । गणेशबहादुर चन्द काँग्रेस उम्मेदवार गजेन्द्र चन्दका सहोदर छोरी ज्वाइँ हुन् । माओवादी केन्द्रबाट शङ्कर कुँवर वडाध्यक्षका उम्मेदवार रहेका छन्।
‘मलाई छोरी आएर चुनावमा नलड्न सुझाएकी थिइन्’, अध्यक्ष पदको उम्मेदवार गजेन्द्र चन्दले भने, ‘मैले यो पार्टीगत कुरो हो भनेर इन्कार गरेँ।’ उनले आफूले ज्वाइँलाई प्रतिस्पर्धाबाट पछि हट्न हालसम्म आग्रह नगरेको बताए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












