अमेरिका उत्तर कोरियाका सहयोगी देशमाथि पनि प्रतिबन्ध लगाउने तयारीमा
काठमाडौं, ३१ जेठ । अमेरिकाले उत्तर कोरियाका सहयोगी मुलुकमाथि पनि प्रतिबन्ध लगाउने भएको छ । लामो समयदेखि उत्तर कोरियामाथि प्रतिबन्ध लगाउँदै आएको अमेरिकाले उत्तर कोरियासँग गैरकानूनी रुपमा व्यापार गर्दै आएका मुलुकमाथि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
चाँडै नै ह्वाइट हाउसले यसबारे औपचारिक निर्णय लिने अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले जानकारी दिए । ट्रम्प प्रशासनले उत्तर कोरियामाथि परमाणु तथा क्षेप्यास्त्र परीक्षण कार्यक्रम रोक्न दबाब बढाउँदै आएको छ । उत्तर कोरियाले पछिल्लो समय त्यस्ता परीक्षणलाई तीव्रता दिएको छ ।
उसको क्षेप्यास्त्र तथा परमाणु परीक्षण अन्तर्राष्ट्रिय जगतकै लागि खतरा बन्दै गएको अमेरिकाको भनाइ छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि यसअघि नै क्षेप्यास्त्र परीक्षणमा रोक लगाइएको छ । तर उत्तर कोरियाले तमाम प्रतिबन्धको बेवास्ता गर्दै आफ्ना कार्यक्रम जारी राखेको छ ।
अमेरिकी विदेशमन्त्री टिलरसनले सिनेटको विदेश मामला सम्बन्धी समितिको बैठकमा भने, ‘हामी यस्तो परिस्थितिमा छौं, जहाँ अब अर्को चरणमा कोसिस गर्नुपर्ने छ । हामीले जुन देशहरुलाई सूचना उपलब्ध गराएका थियौं, उनीहरुले ती सूचना अनुसार उत्तर कोरियासँगको सम्बन्धमा दुरी बनाउन चाहेनन् वा त्यस्तो निर्णय गर्न सक्दैनन् । यसैले दोहोरो स्तरको प्रतिबन्ध लगाउने काम सुरु गर्नुपर्ने भएको छ ।’ तर उनले उत्तर कोरियाका ती सहयोगी मुलुकको नाम भने लिएनन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












