राजपा आन्दोलन हिंसात्मक बन्दै, रौतहटमा यात्रु बस र भारतीय नम्बरको गाडीमा तोडफोड
रौतहट, ३१ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले रौतहटमा यात्रुबाहक बसमा तोडफोड गरेका छन् । स्थानीय तह निर्वाचनको विरोधमा आह्वान गरेको चारदिने आम हड्तालको दोस्रो दिन राजपा कार्यकर्ताले एउटा यात्रु बस र एक भारतीय नम्बरको गाडी तोडफोड गरेका हुन् ।
हिजो काठमाडौंबाट सशस्त्र प्रहरीको मद्दत लिएर सीमा सुरक्षा कार्यालय हजमिनिया आएको गाडी आज बिहान फर्किने बेलामा राजपा कार्यकर्ताहरुको निशानामा परेको हो । आम हडतालको अवज्ञा गरेको भन्दै राजपा कार्यकर्ताले ना ३ ख ५६२२ नम्बरको खाली गाडीलाई गौरको कबिर चोकमा ढुंगामुढा गरेर तोडफोड गरेका हुन् । खालि गाडि बसपार्कमा राख्न लाने क्रममा तोडफोड भएको बसका कर्मचारीले बताएका छन् ।
राजपाका कार्यकर्ताहरु आज विहानैदेखि सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालय, अदालत, विपी चोक, भन्सार एरिया लगायत विभिन्न स्थानहरुमा टायर बालेर नारावाजीसहित प्रदर्शन गरिरहेका छन् । बन्दका कारण गौरबाट लामो तथा छोटो दुरीमा चल्ने यातायातका सवारीसाधनहरु पूर्णरुपमा बन्द हुँदा सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । जिल्लास्थित सम्पूर्ण सामुदायिक विद्यालय, व्यापारिक प्रतिष्ठान, कलकारखाना बन्द रहेका छन् ।
Comments
अरु समाचार
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...












