तीन वटी बिहे गरेर कारबाहीमा परेकालाई प्रचण्डले केन्द्रीय सदस्य बनाए
काठमाडौं, ३१ जेठ । जस्तो गुरु उस्तै शिष्य १ पार्टी अध्यक्षको सिको गर्दै महासचिवले पार्टीमा रहँदा अनेक काण्ड मच्चाए । काण्डै काण्डका बीच उनी नैतिक रूपमा यतिसम्म गिरे कि पूर्वमन्त्री विश्वेन्द्र पासवानले उनलाई चारित्रिक र नैतिक स्खलन भएको आरोप लगाउँदै कारबाही गरे । पार्टी सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासनमा परेका र उनै विशेन्द्र पासवानबाट नैतिक रूपमा स्खलित भएको आरोप लागेका व्यक्तिलाई माओवादीले ‘सुनपानी’ छर्किएको छ ।
दुई पत्नीलाई धोका दिएर तेस्री भित्र्याएका व्यक्तिलाई केन्द्रीय सदस्य बनाइदिने आश्वासनसहित माओवादी पार्टीमा भित्र्याइएको रहस्य प्रकाशमा आएको जनआस्था साप्ताहिकमा खबर छ । यो रहस्योद्घाटन सीता परियारले गरिदिएकी हुन् । सीता तिनै मेघराज परियारकी दोस्री पत्नी हुन् ।
गोरखा स्थायी घर भएकी उनीसँग सुरुमा मेघराजले फोन सम्पर्क गरे, झुक्किएर । पछि त्यही फोन सम्पर्क प्रेम हुँदै विवाहमा रूपान्तरण भयो । सुरुमा मेघराजले भनेका थिए, ‘मेरो पहिलो श्रीमतीले छोडी, तिमीसँग विवाह गर्न चाहन्छु । मास्टर्स लेभल पढ्दै गरेको र दलित जनजातिको उद्धारमा लागेको नेताका कुरा सुरुमा सीताले पत्याउँदै गइन् ।
त्यतिबेला उनी छाँगाबाट खसिन् जुन समय मनमैजुस्थित मेघराजको कोठामा श्रीमती बनेर सीता प्रवेश गरिन् । त्यहाँ ६ वर्षको बच्चाका साथमा जेठी श्रीमती थिइन् । आफ्नो भाग्यलाई धिक्कार्दै सीता जिन्दगीको रथ घिसार्दै थिइन् । बीचमा जेठी श्रीमती ६ वर्षको बच्चालाई छाडेर हिँडिन् । उनलाई लागेको थियो कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडायो । तर, नियतमै खोट भएको मान्छेको अगाडि कसको के लाग्थ्यो र ? सीताको मुहारमा खुसी त्यतिबेलासम्म मात्र टिक्यो जुन समयसम्म उनको पेटमा बच्चा आएको थिएन । जब गर्भ बोकिन तब श्रीमान् टेढिए ।
पछि थाहा भयो कि उनी कान्छीको खोजमा लागेका रै’छन् । उनले गर्भवती भएकी दोस्री पत्नीलाई बिचल्ली बनाएर आफूभन्दा निकै कम उमेरकी युवतीलाई तेस्री पत्नीका रूपमा भगाएको आरोप सीताको छ । यो बीचमा सीताले तारान्तार फोन गरिन् तर पार्टीको कार्यक्रममा व्यस्त छु भन्दै टारिरहे । बीचमा कान्छी श्रीमती च्यापेर उनी हिँडेको थाहा पाएपछि उनले बालाजु प्रहरी चौकीमा उजुरी पनि दिइन् तर केही सुनुवाइ नभएको उनको दुखेसो छ ।
यसरी काखे बच्चासहितको श्रीमतीलाई बिचल्ली पारेर उनीसहितको एउटा समूह केही दिनअघि मात्र माओवादी केन्द्रमा प्रवेश गरेको छ । अब हेर्न बाँकी छ, श्रीमती र काखेबच्चा रुवाएर माओवादी बनेका महासचिव मेखराज परियारले कस्तो क्रान्ति गरेर देखाउलान् ?
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











