दार्जिलिङ भारतको आन्तरिक मामिला हो कि नेपालको ? नेपालमा छलफल गर्न प्रस्ताव
काठमाडौं, १ असार । यतिबेला भारतको दार्जीलिङमा गोर्खा ल्याण्डको माग गर्दै आन्दोलन चर्किरहेको छ । त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीहरुले गोर्खा ल्याण्डलाई अलगै राज्य बनाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले गरिरहेको आन्दोलन भने लामो समयदेखिको हो । उनीहरु बेला बेलामा राज्यसँग आफ्नो अधिकार माग्न तम्सिन्छन् ।
आफ्नो मागलाई बलियो बनाउन तथा आफ्नो आन्दोलनलाई सशक्त बनाएर लैजान भन्दै गोर्खा जनमुक्ति मोर्चाको गठन गरेर संघर्ष गरिरहेका छन् । यतिबेला गोर्खा जनमुक्ति मोर्चा अगल राज्यको माग तथा नेपाली भाषालाई सरकारी कामकाजी भाषाको माग गर्दै आन्दोलनमा छ । सरकारी पक्षले त्यस क्षेत्रमा रहेको बंगाली भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेपछि आन्दोलन थप चर्किएको हो ।
आन्दोलनलाई भारतीय सरकारले मत्थर पार्न भन्दै व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । भारतीय सुरक्षाकर्मीहरुले पनि भारतीय सरकारको आदेशअनुसार आन्दोलनलाई विफल पार्न भन्दै महिला तथा बालबालिमामाथि कुटपीट गर्ने, पक्राउ गर्ने लाठी चार्ज गर्ने जस्ता निन्दनीय कार्य भईरहेको छ ।
उक्त कदमको भारतका विभिन्न राजनीतिक पार्टी तथा मानवअधिकावादी संघसंस्थाले विरोध जनाईरहेका छन् । तर राज्यले विरोधको वेवास्था गर्दै जसरी पनि आन्दोलन तुहाउन कार्यमा लागिपरेको छ । गोर्खा ल्याण्ड आन्दोलनको नेतृत्व गोर्खा राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष विमल गुरुङले गरिरहेका छन् ।
अध्यक्ष गुरुङ भन्छन्, ‘यो अब आफुहरुको अधिकार प्राप्तिको अन्तिम लडाई हो । अधिकार प्राप्त नगरुन्जेलसम्म आन्दोलन रोकिने छैन् । राज्यले जति दमन गरेपनि आफ्नो आन्दोलन अधिकार प्राप्त नगरी सकिनेवाला छैन् ।’ अध्यक्ष गुरुङ यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित बनेका छन् । हो तिनै अध्यक्ष गुरुङलाई नेपालमा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले पनि साथ दिईरहेका छन् ।
उनले जसरी मधेशवादी दलहरु आफ्नो मागको लागि भारतसमक्ष गुहार गर्दै आईरहेका छन्, त्यसैगरी उनीहरुले पनि नेपालमा आएर
छलफल गर्नुपर्ने धारणा राखेका छन् । फणिन्द्रले सामाजिक सञ्जाल मार्फत अध्यक्ष गुरुङलाई नेपाल भ्रमणको लागि निम्ता दिएका छन् । नेपालमा आएर गोर्खा ल्याण्डको विषयमा छलफल गर्न आफुहरु तयार रहेको भन्दै उनले नेपाल भ्रमणको निम्ता दिएका हुन् । अध्यक्ष नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दार्जीलिङ भारतको आन्तरिक मामिला हो कि नेपालको ? यस बारे छलफल गर्न तपाईंहरू दिल्ली जाने होइन काठमाडौं आउनुपर्छ । म तपाईंलाई नेपाल भ्रमणमा आउन निमन्त्रणा गर्दछु ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












