उपत्यकाबासीले मेलम्चीको पानी दसैँअघि नपाउने निश्चित, तगारो बन्यो कमसल चट्टान
चौतारा, १ असोज । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काममा सुस्तता आएकाले निर्धारित समयभित्र पूरा नहुने भएको छ। सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकास्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये तीन किमी सुरुङ खन्ने काम अझै बाँकी भएकाले आगामी दशैँ अगाडि राजधानीवासीलाई पानी खुवाउन असमर्थ रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताए । सुरुङ निर्माण गर्न अम्बाथानदेखि ग्याल्थुमसम्म १.५ किमी र ग्याल्थुमदेखि सिन्धुसम्म १.५ किमी गरी तीन किमी बाँकी नै भएको आयोजनाले जनाएको छ।
सिन्धुको माथिल्लो भागमा कमसल चट्टान फेला परेकाले चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उपकार्यकारी निर्देशक दुवाडीले भने, दैनिक १५ देखि बढीमा २३ मिटरसम्म मात्र सुरुङ खन्ने काम भएकाले दसैँको लक्ष्य भेट्न मुस्किल पर्ने देखिएको छ। काममा तीव्रता दिन बेलाबेलामा ठेकेदार कम्पनीलाई निर्देशन दिइए पनि उपकरणहरु बारम्बार बिग्रिरहने कारणले पनि काममा असर पर्न गएको आयोजनाले जनाएको छ।
कमसल भूभाग भेटिएपछि ठेकेदार कम्पनीले वैकल्पिक उपायका लागि प्रस्ताव पेस गरेकामा हाल भइरहेको कामभन्दा २-३ मिटरभन्दा बढी नखनेर तुलनात्मक रुपमा डबल खर्च लाग्ने देखिएको हुँदा त्यसलाई अपनाउन नसकिएको उपकार्यकारी निर्देशक दुवाडीले जानकारी दिए । यो वर्षको वडादसैँ असोजको पहिलो सातादेखि सुरु हुने हुँदा दसैँ अगाडि पानी लान दैनिक ३५ मिटरका दरले सुरुङ निर्माण गर्नुपर्ने देखिएको हुँदा दसैँ अगाडि उपत्यकामा पानी पुर्याउन नसक्ने आयोजनाको धारणा रहेको छ। रासस
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












