काठमाडौंमा लक्ष्यभन्दा साढे एक करोड बढी विज्ञापन कर
काठमाडौं, २ असार । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा एक करोड ५५ लाख रुपैयाँ बढी विज्ञापन कर सङ्कलन गरेको छ । चालु वर्षका लागि विनापन करमा पाँच करोड रुपैयाँ लक्ष्य लिइएको भएपनि हालसम्म ६ करोड ५५ लाख रुपैयाँ सङ्कलन भइसकेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो ।
काफ्लेका अनुसार आव २०७२/७३ मा चार करोड १७ लाख रुपैयाँ सङ्कलन गरिएको थियो । चालु आवमा अहिलेनै लक्ष्यभन्दा एक करोड ५५ लाख रुपैयाँ बढी सङ्कलन भइसकेको छ । केही वर्षयता नियमअनुसार विज्ञापन नराख्ने र सहर कुरुप बनाउनेलाई कामनपाले कडारुपमा कारबाही गर्दै त्यस किसिमको विज्ञापन आफ्नै सक्रियतामा हटाउन थालेपछि यस किसिमको उल्लेखनीय सुधार भएको काफ्लेको दाबी छ।
महानगरका ३२ वटै वडामा विज्ञापनको प्रयोग गर्दा झ्याल छोप्ने र राख्ने, सार्वजनिक जग्गामा विभिन्न किसिमका विज्ञापन राख्ने, ठूला विज्ञापन असुरक्षित तरिकाले राखी विज्ञापन नीति बाहिर रहेकालाई कारबाही गर्न थाले पछि यस शीर्षकमा कर सङ्कलन बढेको हो ।
चालु आव समाप्त हुँदा सात करोड रुपैयाँ नाघ्ने पक्का छ, काफ्लेले भन्नुभयो । २०५६/५७ सालदेखि यस क्षेत्रको कर सङ्कलन गर्न थालेको कामनपाले तीन वर्षदेखि मात्र लक्ष्य हासिल गर्न थालेको छ । कर सङ्कलनका लागि ठूलो सम्भावना रहेको यस महानगरले कतै नीतिको अभाव त कतै जनशक्ति थोरै जस्ता समस्या देखाउँदै उल्लेख्य मात्रामा सबै क्षेत्रको कर सङ्कलन गर्न सकेको छैन ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












