काठमाडौंमा लक्ष्यभन्दा साढे एक करोड बढी विज्ञापन कर
काठमाडौं, २ असार । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा एक करोड ५५ लाख रुपैयाँ बढी विज्ञापन कर सङ्कलन गरेको छ । चालु वर्षका लागि विनापन करमा पाँच करोड रुपैयाँ लक्ष्य लिइएको भएपनि हालसम्म ६ करोड ५५ लाख रुपैयाँ सङ्कलन भइसकेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो ।
काफ्लेका अनुसार आव २०७२/७३ मा चार करोड १७ लाख रुपैयाँ सङ्कलन गरिएको थियो । चालु आवमा अहिलेनै लक्ष्यभन्दा एक करोड ५५ लाख रुपैयाँ बढी सङ्कलन भइसकेको छ । केही वर्षयता नियमअनुसार विज्ञापन नराख्ने र सहर कुरुप बनाउनेलाई कामनपाले कडारुपमा कारबाही गर्दै त्यस किसिमको विज्ञापन आफ्नै सक्रियतामा हटाउन थालेपछि यस किसिमको उल्लेखनीय सुधार भएको काफ्लेको दाबी छ।
महानगरका ३२ वटै वडामा विज्ञापनको प्रयोग गर्दा झ्याल छोप्ने र राख्ने, सार्वजनिक जग्गामा विभिन्न किसिमका विज्ञापन राख्ने, ठूला विज्ञापन असुरक्षित तरिकाले राखी विज्ञापन नीति बाहिर रहेकालाई कारबाही गर्न थाले पछि यस शीर्षकमा कर सङ्कलन बढेको हो ।
चालु आव समाप्त हुँदा सात करोड रुपैयाँ नाघ्ने पक्का छ, काफ्लेले भन्नुभयो । २०५६/५७ सालदेखि यस क्षेत्रको कर सङ्कलन गर्न थालेको कामनपाले तीन वर्षदेखि मात्र लक्ष्य हासिल गर्न थालेको छ । कर सङ्कलनका लागि ठूलो सम्भावना रहेको यस महानगरले कतै नीतिको अभाव त कतै जनशक्ति थोरै जस्ता समस्या देखाउँदै उल्लेख्य मात्रामा सबै क्षेत्रको कर सङ्कलन गर्न सकेको छैन ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












