चक्रपथभित्र मोटरसाइकल चलाउन प्रतिबन्धको तयारीप्रति एमाले नेता अधिकारीको विरोध

काठमाडौं, २ असार । एमाले सांसद रवीन्द्र अधिकारीले चक्रपथभित्र मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउने सरकारको तयारीको विपक्षमा उभिएका छन् । संसदको विकास समितिका सभापति समेत रहेका अधिकारीले हचुवाको भरमा बोलेर गन्जागोल पारेर छाड्ने काम नगर्न यातायात व्यवस्था विभागलाई आग्रह गरेका छन् । सरकारको तयारीबारे समाचार बाहिर आएपछि अधिकारीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हसन् ।
अधिकारीले भनेका छन् – ‘यातायात व्यवस्था विभागले पहिला के काम गर्ने, के नगर्ने प्राथमिकता छुट्याओस्, हचुवाको भरमा बोल्ने गञ्जागोल पारेर छाड्ने !’ साना सवारी साधनका कारण काठमाडौँको सडक व्यवस्थापनमा कठिनाइ भएको भन्दै सरकारले चक्रपथभित्र मोटरसाइकल चलाउन रोक लगाउने तयारी थालेको छ । मोटरसाइकल प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी सहज र शुलभ बनाइने यातायात विभागले जनाएको छ ।
मोटरसाइकल प्रतिबन्ध लगाउने बारेमा सरोकारवाला निकायसँग छलफल भईरहेको छ । सबैपक्षसँग छलफल तथा आवश्यक तयारी गरेर चक्रपथभित्र मोटरसाइकल चलाउन प्रतिबन्ध लगाईने विभागले जनाएको छ ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...
-
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार,...
-
इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम...
-
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...












