पक्राउ परेका पत्रकारद्धय भण्डारी र भट्टको रिहाको माग गर्दै कञ्चनपुरका पत्रकार आन्दोलनमा
कञ्चनपुर, ४ असार । पक्राउ परेका पत्रकार खेम भण्डारी र गणेश भट्टलाई रिहाको माग गर्दै कञ्चनपुरका पत्रकारहरुले आन्दोलन सुरु गरेका छन् । समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेका पत्रकार भण्डारी र भट्टलाई ससम्मान रिहा तथा उनीहरुबिरुद्ध लगाईएका झुठा मुद्धा फिर्ताको माग गर्दै कञ्चनपुरका पत्रकारहरुले आन्दोलन सुरु गरेका हुन् ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पत्रकारहरुले आज बिहानबाट धर्ना सुरु गरेका हुन् । पत्रकारहरुले कार्यालय समय सुरु हुनुअघि नै सिडियो कार्यालयको मुख्य ढोकामा धर्ना दिइरहेका छन् ।
पत्रकार भण्डारी र भट्टलाई रिहा नगरेसम्म आन्दोलन जारी रहने नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक एवं केन्द्रीय सदस्य प्रकाशविक्रम शाहले जानकारी दिए । उनका अनुसार पत्रकारहरु आज स्थानीय तहको दोस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयनको रिपोर्टिङ छाडेर धर्नामा बसेका हुन् ।
मानसखण्ड दैनिकका सम्पादक एवं प्रकाशक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई प्रहरीले शनिबार नाटकीय रुपमा पक्राउ गरेको थियो । आफूले अनाहकमा पक्राउ गरेका दुई युवतीको बारेमा समाचार सार्वजनिक गरिदिएपछि कञ्चनपुरका एसपी प्रकाशबहादुर चन्दको निर्देशनमा पत्रकारहरु भण्डारी र भट्टलाई पक्राउ गरिएको थियो ।
Comments
अरु समाचार
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...












