प्रहरीको हस्तक्षेप बढेपछि राजपा एकाएक नरम, आन्दोलनका कार्यक्रम संशोधन
काठमाडौं, ५ असार । निर्वाचन विरुद्ध आन्दोलनको घोषणा गरेका राजपा एक्कासी नरम बनेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई बिथोल्न विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) एक्कासि ‘नरम’ भएको हो ।
राजधानीमा उपलब्ध राजपा नेपालका शीर्ष नेता र केन्द्रीय आन्दोलन परिचालन समितिको आइतबार बेलुका बिजुलीबजारमा बसेको संयुक्त बैठकले आफ्ना आन्दोलनका कार्यक्रममा फेरबदल गर्दै ‘नरम’ नीति अख्तियार गर्ने निर्णय गरेको हो ।
तराईहरूको आन्दोलन संशोधन भएको हो भन्ने जिज्ञासामा राजपाका नेता केशव झाले भने, ‘विभिन्न कारणले आन्दोलनमा थोरै मात्र संशोधन भएको छ । बीचमा ईद पर्व परेको छ । जनतालाई धेरै सास्ती दिनु हुँदैन भनेर कार्यक्रममा सामान्य संशोधन गरेका हौँ । यसको अर्थ हामीले आन्दोलन छाडेको वा कमजोर बनाएको होइन । आन्दोलन झन् सशक्त रुपमा अगाडि बढ्छ ।’
राजपा नेपालको संशोधित कार्यक्रम अनुसार असार ५ र ६ गते उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन जनदवाव दिने र टोल टोलमा कालो झण्डा फहराउने, ७ देखि ९ गतेसम्म निर्वाचन सम्वन्धी सबै गतिविधि र कार्यक्रमहरू अवरुद्ध गर्ने, असार १० गते प्रत्येक जिल्लाको सदरमुकाममा अन्तरक्रिया गर्ने, ११ गते माटरसाईकल र्याली र असार १२ र १३ गते ईद पर्वमा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि असार १२ र १३ गते तराई बन्दको आह्वान गरिएको थियो । राजपा नेपालले असार १४ गते भने मधेस र थरुहट बन्द तथा आमहडतालको कार्यक्रम यथावत राखेको जनाएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












