दार्जिलिङको आन्दोलनप्रति नेपालमा पनि समर्थन, रत्नपार्कमा विशेष प्रदर्शन हुँदै
काठमाडौं, ५ असार । दार्जिलिङको आन्दोलनप्रति समर्थन गर्दै काठमाडौंमा विशेष प्रदर्शन गरिने भएको छ । दार्जिलिङमा नेपाली भाषी भारतीयले सुरु गरेको आन्दोलनको समर्थन र दमनको विरोधमा काठमाडौंमा विशेष प्रदर्शन हुन लागेको हो । रत्नपार्कस्थित शान्तिबाटिका दिउँसो दुई बजे ग्रेटर नेपालसहितका विभिन्न संघ संस्थाले दार्जिलिङका नेपाली भाषी भारतीयहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन कार्यक्रम गर्न लागिएको ग्रेटर नेपालका अध्यक्ष एवंम अभिन्यता फणिन्द्र नेपालले जानकारी दिए ।
उनले भने, ‘दार्जिलिङमा रहेका नेपाली भाषीको आन्दोलनमा चरम दमन भएको छ । त्यसलाई पश्चिम बंगाल सरकारले तत्काल रोक्नुपर्छ । नेपाली भाषी भारतीयहरूको माग पूरा गर्नुपर्छ ।’ दार्जिलिङमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बंगाली भाषा स्कूलहरूमा अनिर्वाय गरेपछि नेपाली मुलका भारतीयहरूले गोर्खाल्याण्डको मागसहित आन्दोलन थालेका हुन् ।
आन्दोलनका क्रममा अहिलेसम्म भारतीय सेनाको गोली लागेर तीन जना नेपाली भाषी भारतीयको मृत्यु भइसकेको छ । एक जना सुरक्षाकर्मीको ज्यान गएको छ । आन्दोलन थप सशक्त बन्दै गएपछि आन्दोलनका मुख्य नेताहरु भूमिगत भएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












