लण्डनमा मस्जिद नजिकै तीब्र गतिको भ्यान यात्रुमाथि चढ्दा १ जनाको मृत्यु ८ जना घाइते
काठमाडौं, ५ असार । लण्डनमा पुनः आतंकवादी आक्रमण भएको छ । लण्डन ब्रिजमा भएको आतंकवादी हमलापछि गएराति मध्यरातमा फिन्सबरी पार्क क्षेत्रको सेवन सिस्टर रोडमा आक्रमण भएको हो । आक्रमणमा परी एक जनाको ज्यान गएको छ । आठ जना घाइते भएको बीबीसीले जनाएको छ ।
रमजानको प्रार्थनाका लागि मस्जिदतर्फ गइरहेका पैदलयात्रीलाई लक्षित गरी एक भ्यानले ठक्कर दिएको थियो । लण्डन ब्रिजको आक्रमणमा आतंकवादीको संलग्नता भए पनि सेवेन सिस्टर रोडमा मध्यराति १२ बजे भएको आक्रमणमा कसको संलग्नता छ भनेर खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार रमजानको प्रार्थनाका लागि आवत-जावत गर्नेहरुको कारण बाटोमा निकै भिडभाड थियो । लण्डन मेट्रोपोलिटन पुलिसले सेवेन सिस्टर रोडलाई अहिले बन्द गरेको छ । मुस्लिम काउन्सील ब्रिटेन (एमसीबी) काअनुसार चालकले जानीजानी पैदलयात्रीलाई ठक्कर दिएको थियो । अन्धाधुन्द ठक्कर दिने भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











