केन्द्रीय उपाध्यक्षसहित १२ जनामाथि सार्वजनिक मुद्दा लागेपछि राजपालाई ठूलो झट्का

नवलपरासी, ६ असार । प्रहरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय उपाध्यक्षसहित १२ जनाविरुद्ध सार्वजनिक अपराधनको मुद्धा चलाएको छ । चुनावविरोधी गतिविधिमा लागेको अभियोगमा प्रहरीले राजपाका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, केन्द्रीय सदस्य हैदरअली मोमिन र जिल्ला संयोजक पुरन चौधरी लगायत १२ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको हो ।
प्रदेश ५ मा रहेको परासी क्षेत्रको स्थानीय तह निर्वाचन विरोधी गतिविधिमा लागेको भन्दै नवलपरासी प्रहरीले शनिबार र आइतबार गरी ३१ जनालाई पक्राउ गरेको थियो। प्रतापपुर र परासीबाट पक्राउ परेका उनीहरुमध्ये सोमबारसम्म १९ जनालाई छाडेर बाँकीलाई मुद्दा चलाइएको हो ।
मुद्दा चलाइएका कार्यकर्तामा राजेन्द्र तिवारी, अशोककुमार गुप्ता, शेषनारायण केवट, महमद माली, राजेश्वर केवट, जयराम गुप्ता, लोकबहादुर चौधरी, मुरारी अग्रहरी र राममुरत चौधरी रहेका छन् ।
पक्राउ परेका उपर घटना भएको मितिले ३५ दिनभित्र सार्वजनिक अपराधमा मुद्दा दायर गर्नुपर्ने प्रावधान छ। सार्वजनिक अपराध ऐन अनुसार सजायको कसुरको मात्रा हेरेर बिगो बराबरसहित २५ हजारसम्म जरिवाना गरिन सकिने छ। जरिवानाले पर्याप्त हुन नदेखिएमा प्रमुख जिल्ला अधिकारीले एक वर्षसम्म कैद सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ।
केन्द्रीय उपाध्यक्षसहितका नेताहरु पक्राउ परेर मुद्धा खेपिरहेपछि राजपालाई ठूलो झट्का लागेको छ । विभिन्न वाहनामा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहाई तथा लगाईएका झुट्टा मुद्धा फिर्ताको माग गरिरहेको राजपालाई उक्त घटनाले थप धक्का लागेको छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












