गृहमन्त्री शर्माद्धारा आचारसंहिता उल्लंघन गर्दै मध्य रातमा माओवादी उम्मेदवारलाई भोट माग्दै
नेपालगञ्ज, ६ असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले निर्वाचन आचार संहितको उल्लघंन गरेका छन् । सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री ‘प्रभाकर’ आचार संहिता विपरीत नेकपा माओवादी केन्द्रको चुनाव प्रचारमा सहभागी भएको भेटिएको हो ।
सोमबार दिउँसो नेपालगञ्जमा प्रदेश नम्बर ५ का केही जिल्लाहरुको सुरक्षा गोष्ठी राखिएको थियो । सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री शर्मा माओवादी केन्द्रको चुनावी कार्यक्रममा पनि सहभागी भएका थिए । जुन निर्वाचन आचार संहिता विपरीत हो ।
गृहमन्त्री शर्माले राति १० बजे खजुरा गाउँपालिकाको रनियाँपुरमा माओवादीको चुनावी सभालाई सम्बोधन गरेका छन् । माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज आईपी खरेलले गृहमन्त्रीले चुनावी सभालाई सम्बोधन गरेको पुष्टि गरे ।
उनले भने–‘हिजो रनियाँपुरको सभालाई सम्बोधन गर्नुभयो । आज बिहान बैजनाथ गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भएर गृहमन्त्रीज्यू धनगढीतर्फ लाग्नुभयो ।’ निर्वाचन आचारसंहिताविपरीत चुनावी सभामा हिँडेको भन्दै विरोध भएपछि गृहमन्त्री शर्माले केही मिनेटमै फर्किएका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












