कार्यकर्ता हत्याविरोधमा एमालेद्धारा बाजुरा बन्द आह्वान, कांग्रेस उम्मेदवार छुटे
बाजुरा, ६ असार । कार्यकर्ता हत्याको विरोधमा नेकपा एमालेले आन्दोलनको घोषणा गरेको छ । एमालेले आन्दोलन स्वरुप बाजुरा जिल्ला बन्द आह्वान गरेको छ । स्थानीय चुनाव अन्तर्गत उम्मेदवार मनोनयन गर्ने दिन छेडेदह गाउँपालिकामा कांग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपमा एमाले कार्यकर्ता हंश रावतको मृत्यु भएको थियो ।
घटनालगतै किटानी जाहेरी दिँदा पनि प्रहरी प्रशासनले कारवाही नगरेकोले आन्दोलन गर्नुपरेको बाजुराका एमाले सांसद कर्णवहादुर थापाले बताए । एमालेले घटनाको छानविन र दोषीमाथि कारवाही नभएसम्म आन्दोलन जारी रहने बताएको छ ।
प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । छानविनका क्रममा छेडेदह गाउँपालिकाका कांग्रेसका अध्यक्ष उम्मेदवार नरबहादुर रावतसहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो । रावतलाई सोधुपछ गरेर छाडिएको बाजुराका डीएसपी दलवहादुर बोहोराले जानकारी दिएका छन् । देवबहादुर राउत भने अझै प्रहरी नियन्त्रणमा छन् ।
उम्मेदवारी मनोनयनका क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई दर्जनभन्दा बढि घाइते भएको थिए । उपचारका लागि लैजाने क्रममा ५४ वर्षीय हंश रावतको बाटोमै मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...
-
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार,...
-
इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम...
-
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...












