चार वर्षपछि नेपाल—चीन परामर्श संयन्त्रको बैठक सुरु, दुई देशको सम्बन्धका विषयमा छलफल
काठमाडौं, ६ असार । नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक आज परराष्ट्र मन्त्रालयमा सुरु भएको छ । चार वर्षको अन्तरालमा भएको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका साथै दुई मुलुकबीचको राजनीतिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।
राससलाई प्राप्त बैठकको कार्यसूचीअनुसार दुवै मुलुकका परराष्ट्र सचिव नेतृत्वको उक्त छलफलमा नेपाल–चीन आर्थिक सहयोग, लगानी, व्यापार र दुई देशबीच सतह र हवाईमार्गबाट सम्पर्क विस्तारबारे परामर्श हुनेछ ।
त्यसैगरी, दुवै पक्षले पर्यटन प्रवद्र्धन, सामाजिक तथा सांस्कृतिक आदानप्रदान, दुई देशबीच सुमधुर सम्बन्ध स्थापना गर्दै पारस्परिक हित र लाभका क्षेत्रमा सहकार्य गर्न स्थापना भएका द्विपक्षीय संयन्त्रका बैठक नियमित रुपमा आयोजना गर्नेबारेमा पनि छलफल हुनेछ । बैठकमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका प्रमुख साझा मामिलामा पनि विचारविमर्श हुने उक्त कार्यसूचीमा उल्लेख छ ।
बैठकमा ११ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन युले गर्नुभएको छ भने २० सदस्यीय नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले गर्नुभएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, अर्थ, वाणिज्य, ऊर्जा, कृषि, आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, लगानी बोर्ड नेपाल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारी बैठकमा सहभागी हुनुहुन्छ । नेपाल–चीन परामर्श संयन्त्रको १० औँ बैठक सन् २०१३ अगस्तमा चीनको राजधानी बेइजिङमा भएको थियो ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











