अमेरिकामा बन्दुकले हरेक वर्ष १३ सय बालबालिकाको ज्यान लिँदै
काठमाडौं, ६ असार । अमेरिकामा बन्दुकका कारण हरेक वर्ष कम्तिमा १३ सय बालबालिकाले ज्यान गुमाउने गरेको पाईएको छ । नयाँ अध्ययन अनुसार अमेरिकामा बन्दुकका कारण हुने चोटले १७ वर्षमुनिका कम्तिमा १३ सय बालबालिकाले ज्यान गुमाउने गरेको अमेरिकी सरकारले जनाएको छ ।
यस्तै बन्दुका कारण हरेक वर्ष झण्डै ५८ सय जना गम्भीर घाइते हुने गरेको अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले गरेको अध्ययनमा देखिएको हो । गोली लागेर ज्यान जानेमा ८२ प्रतिशत बालक छन् । यस्तै बन्दुकका कारण ज्यान गुमाउने खतरामा कालो वर्णका बालबालिका धेरै छन् ।
बन्दुकका कारण हुने मृत्युमा आधा भन्दाबढी हत्या हो भने ३८ प्रतिशत आत्महत्या रहेको छ । अमेरिकामा हरेक दिन कम्तिमा १९ जना बालबालिकाको गोली लागेर ज्यान जाने वा गम्भीर चोटग्रस्त हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २००७ देखि २०१५ सम्मको तथ्यांक हेर्दा बन्दुक प्रयोग गरेर आत्महत्या गर्ने दर ६० प्रतिशतले बढेको छ । गएको आइतबार पेन्सिलभेनियाका चार वर्षका बालकले आफ्नो अनुहारमा गोली हानेर उनको ज्यान गएको थियो । त्यसपछि नयाँ प्रतिवेदन सार्वजनिक गरिएको हो ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











