दार्जिलिङ आन्दोलनप्रति समर्थन गर्दै गोर्खा सैनिकले भने, ‘मोदी सरकारविरुद्ध हतियार सोझ्याउँछौं’
काठमाडौं, ६ असार । दार्जिलिङ यति बेला रणमैदानमा बदलिएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बंगाली भाषालाई सबै सरकारी विद्यालयहरूमा अनिर्वाय बनाएपछि भड्किएका नेपाली भाषी भारतीयहरूले गोर्खाल्याण्ड आन्दोलनलाई चर्काएका हुन् । आन्दोलनलाई दमन गर्न भारतीय सरकारले सेना नै खटाएको छ ।
यही क्रममा दुई आन्दोलनकारीसहित ३ जनाको ज्यान गईसकेको छ भने सयौं घाइते भएका छन् । गोर्खाल्याण्डको पक्षमा भारतका अन्य भागमा पनि समर्थनमा नेपाली भाषीहरु आन्दोलनमा उत्रेका छन् । दिल्लीस्थित जन्तर(मन्तरमा पनि गोर्खाल्याण्डको माग गर्दै प्रदर्शन भईरहेको छ ।
दार्जिलिङमा नेपाली भाषी भारतीयमाथि राज्यले यस्तो दमन गरिरहँदा गोर्खा रेजिमन्टमा कार्यरत गोर्खा सैनिकहरुले समेत आन्दोलनप्रति सहानुभूति प्रकट गरेका छन् । उक्त आन्दोलनमा आफ्नो समेत समर्थन रहेको जनाउँदै उनीहरुले विशेष चासो राखेका छन् । गोर्खा सैनिकहरुले गोर्खाल्याण्डको पक्षमा खुलेरै नआएपनि विभिन्न सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सहानुभूति प्रकट गरिरहेका हुन् ।
भारतमा कार्यरत गोर्खा रेजिमन्टमा कार्यरत नेपाली र नेपाली भाषी सैनिक जवानहरुले गोर्खाल्याण्डको पक्षमा आफूहरुको पूर्ण समर्थन भन्दै आजाव उठाउन थालेका हुन् । उनीहरुले नेपाली भाषीमाथि दमन होइन शान्तिपूर्ण रुपमा समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
गोर्खा सैनिकको भनाई यतिबेला निकै भाईरल बनेको छ । दुई गोर्खा सैनिकको भनाईलाई आधार मान्ने हो भने उनीहरु मोदी सरकारप्रति निकै आक्रोशित बनेका छन् । बेला बेलामा विभिन्न कारण चर्चामा आईरहेन गोर्खा सैनिक यतिबेला गोर्खाल्याण्ड आन्दोलनप्रति जनाएको एक्यबद्धताले पनि सबैको ध्यान तानिरहेको छ ।
उनीहरुले शान्तिपूर्ण आन्दोलनलाई दमन गरे आफूहरु आन्दोलनकारीतिर होइन मोदी सरकारविरुद्ध हतियार सोझ्याउने चेतावनी दिएका छन् । अहिले उक्त भनाईले निकै चर्चा पाएको छ । सामाजिक सञ्जालदेखि लिएर सञ्चारमाध्यममा समेत गोर्खा सैनिकको मोदी सरकारप्रतिको आक्रोशलाई विशेष महत्वका साथ स्थान दिएका छन् ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












