ताजा समाचार

हतियारधारीबाट बन्धक अर्द्धनग्न अवस्थामा छुटाइए, चार जना मारिए

काठमाडौं, ६ असार । मालीमा हतियारधारी समूहद्वारा बन्धक बनाइएकामध्ये अधिकांशलाई सुरक्षाकर्मीले मुक्त गराएको छ । एक जनाको अवस्था भने अझै अज्ञात रहेको छ । मालीको एक पर्यटकीय केन्द्रबाट आइतबार हतियारधारीले ३६ जनालाई बन्धक बनाएका थिए । राजधानी बमाको नजिकैको कम्प्लेक्समा सुरक्षा फौजले कारवाही गरेपछि ती बन्धकलाई रिहा गराउन सफल भएको बताइएको छ ।

कारवाहीमा दुई हतियारधारी मारिएको बताइएको छ । बन्धन मुक्त भएका दुई जनालाई अर्द्धनग्न अवस्थामा सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ ल्याउँदै गरेको तस्वीर विभिन्न संचारमाध्यमले प्रकाशित गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org