ताजा समाचार

राष्ट्रपति प्रणव मुखर्जीको सवारी रोकेर एम्बुलेन्सका लागि बाटो खुलाउने ट्राफिक पुरस्कृत

काठमाडौं, ७ असार । भारतको बेंग्लोर सहरमा तैनाथ एक ट्राफिक प्रहरी पुरस्कृत हुने भएका छन् । भारतका राष्ट्रपति प्रणव मुखर्जीको सवारी रोकेर एम्बुलेन्सलाई बाटो खुला गरेका कारण ट्राफिक सब इन्सपेक्टर एमएल निजलिंगप्पालाई बेंग्लोर प्रहरीले पुरस्कृत गर्ने भएको हो ।

राष्ट्रपतिको सवारी आइपुग्दा पनि सडकको अर्कोतर्फ जाममा फसेको एम्बुलेन्सलाई बाटो खुला गर्नका लागि सवारी खुला गरिदिएका निजलिंगप्पालाई बेंग्लोर प्रहरीले पुरस्कार दिने भएको हो ।

उनलाई दिइने पुरस्कारको बारेमा भने खुलाइएको छैन । उक्त सहरको पूर्वी विभागका डेपुटी कमिश्नर अफ पुलिस ट्राफिक अभय गोयलले ट्वीटरमा ती ट्राफिक प्रहरीको प्रशंसा गरेका छन् ।

बेंग्लोर ट्रिनिटी सर्कलमा ड्युटीमा तैनाथ रहँदा उनले राष्ट्रपतिको सवारीलाई समेत प्रवाह नगरी जाममा फसेको एम्बुलेन्सलाई बाटो खुलाएका थिए । उनको सो कदमलाई स्थानीय मिडियाले समेत निकै प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org