बिखण्डनबादीहरु सक्रृय रहेको भन्दै तयारी अवस्थामा रहन प्रधानसेनापति क्षेत्रीको निर्देशन
सुनसरी, ७ असार । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सुरक्षा संबेदनशिलतालाई ख्याल गरेर तैनाथी अवस्थामा रहन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । दोस्रो चरणको निर्वाचन सफल बनाउन एक नम्बर प्रदेशका उच्च सुरक्षा अधिकारीहरुसँग छलफल गर्दै प्रधानसेनापति क्षेत्रीले सबैसँग सहकार्य गरेर अगाडी बढ्न निर्देशन दिएका हुन् ।
नेपाली सेनाको सुनसरी स्थित पुर्वी पृतना मुख्यालयमा मंगलबार सेनापति क्षेत्रीले पुर्व क्षेत्रिय सुरक्षा समितिका अधिकारीहरुसँग छलफल गरेका हुन । उनले निर्वाचन सफल बनाउन सबै सुरक्षा संयन्त्रहरुसँग सहकार्य गरेर काम गर्न नेपाली सेना तैयार रहेकोले सोही अनुसार गर्न पुर्वका उच्च सुरक्षा अधिकारीहरुलाई निर्देशन गरेका थिए ।
देशमा बिखण्डनबादीहरु सक्रृय हुन थालेको र सिमा क्षेत्रबाट अपराधिक क्रियाकलाप हुनसक्ने भएकोले सुरक्षा संबेदनशिलतालाई ख्याल गरेर सबैले सहकार्य गरेर काम गर्नुपर्ने सेनापति क्षेत्रीले मातहतलाई निर्देशन गरेका थिए । उनले अप्रेसनका क्रममा सुरक्षा सामग्रीहरु आदान प्रदान गर्नपरे सबै सुरक्षा निकायसँग सहकार्य गर्न सेनालाई आग्रह गरेका थिए ।
छलफलमा क्षेत्रिय सुरक्षा समितिमा आवद्ध क्षेत्रिय प्रशासक , नेपाल प्रहरी र शसस्त्र प्रहरीका डिआइजीहरुको सहभागीता थियो । पुर्व क्षेत्रका क्षेत्रिय प्रशासक राजेश्वरमान सिँहले १४ असारमा हुने स्थानिय तहको निर्वाचन सफल बनाउने बिषयमा सेनापतिले निर्देशन दिएको बताए । भने ,– ‘ निर्वाचन कसरी भयरहित रुपले सम्पन्न गर्ने र आपसी सहकार्य कसरी गर्ने भन्नेबारे छलफल सहित निर्देशन भयो अरु भिन्न बिषय रहेन ।’
यसैगरि नेपाली सेनाले निर्वाचनलाई भय रहित बनाउन मंगलबारै एक नम्बर प्रदेशभरिका नेपाली सेनाका अधिकारीको भेला सम्पन्न गरेको छ । पुर्वका मुख्य अधिकारीहरु सहभागी भेलामा निर्वाचनलाई भय रहित बनाउन नेपाली सेनाले बनाएको रणनिति अनुसार कार्य गर्न प्रधान सेनापतिले निर्देशन गरेका थिए । पुर्वी पृतनामै मंगलबार भएको भेलामा पुर्वको सुरक्षा अवस्वाबारे सेनापतिले बिफ्रिङ पनि लिएका थिए । ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











