राप्रपाभित्र बहसः सरकारमा पार्टीको सहभागिताबारे चुनावपछि मात्रै निर्णय लिईने
काठमाडौं, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्र सरकारमा पार्टीको सहभागिताका विषयमा निर्णय लिने भएको छ । पार्टीभित्रबाट चुनाव अगाडि सरकारमा नजानका लागि दबाब रहेकाले त्यस बारेमा चुनावपछि मात्र निर्णय गर्न लागिएको हो । सरकार पनि चुनाव पछाडि नै विस्तार गरिने तयारी छ ।
पार्टीभित्र सरकारमा जाने तथा नजाने विषयमा ठूलो विवाद देखापरेको छ । गणतान्त्रिक व्यवस्थाको सरकारमा पार्टी सहभागी भएका कारण चुनावमा पराजय भोग्न परेको केही नेताको भनाइ छ ।
पार्टीका प्रवक्ता भुवन पाठकले आफ्नो पार्टीले चुनावलाई प्राथमिकतामा राखेकाले सरकारमा जाने वा नजाने विषयलाई महत्व नदिएको बताए । नयाँ सरकार गठनका बेलामा नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्रीका उम्मेदवार एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गरी सरकारमा सहभागी हुन आग्रह गरेको भए पनि सरकार गठनका समय बेवास्ता गरेपछि सरकारमा नजानका लागि पार्टीको एउटा समूहले दबाब दिएको प्रवक्ता पाठकले जानकारी दिए ।
अहिले चुनाव हुन लागेका सबै स्थानमा पार्टीले सक्रियता बढाउने र राम्रो सफलता कायम गर्नका लागि शीर्ष नेतृत्वलाई चुनावी क्षेत्रमा जान निर्देशन दिएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












