टीकापुरमा रोचक प्रतिष्पर्धाः मालिकसँग कमैया भिड्दै
टिकापुर, ९ असार । मुक्त कमैया सुदेशनी चौधरी संघर्षशील महिला हुन् । ०४० सालमा कैलालीको धनसिंहपुरमा जन्मिएकी उनी आफ्नै मेहनतले सफलताको सिँढी चढिरेकी छन् । १० वर्षको उमेरमा इँटाभट्टामा मजदुरी गर्न थालेकी सुदेशनीको जीवनयात्रा निकै कष्टकर छ । उनी ४ दिदीबहिनी र २ दाजुभाइमा सबैभन्दा कान्छी हुन् ।
घरको आर्थिक अवस्था दयनीय भएपछि उनले स्कुल जाने उमेरलाई इँटाभट्टामा सीमित गर्नुपर्यो । काँचो माटोसँग लड्दालड्दै उनी कलिलै उमेरमा वैवाहिक बन्धनमा बाँधिइन् । १४ वर्षको उमेरमा बाबुआमाले इँटाभट्टामा सँगै काम गर्ने वसन्तलाल चौधरीसँग बिहे गरिदिए ।
इँटाभट्टाको काम निकै जोखिमपूर्ण थियो । रातिको समयमा काम गर्नुपथ्र्यो । एक हजार इँटा तयार गरेपछि ३० रुपैयाँ पाइन्थ्यो । त्यो पनि वर्षको ६ महिनामात्रै । बाँकी ६ महिना बेरोजगार ।
तिनै सुदेशनी स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकामा उपप्रमुखको उम्मेदवार बनेकी छन् । नेपाल लोकतान्त्रिक फोरमबाट उपप्रमुख उम्मेदवार बनेकी सुदेशनीका प्रतिस्पर्धी कांग्रेसकी ईश्वरी विष्टसहित ८ जना छन् । केही वर्षअघि विष्टकै इँटाभट्टामा काम गर्दै आएकी सुदेशनीले अहिले उनैसँग नेतृत्वको लागि प्रतिष्पर्धामा छिन् ।
बिहानदेखि रातिसम्म निर्वाचन प्रचारमा खटिरहेकी सुदेशनी भन्छिन्, ‘समय र परिस्थितिले मान्छेलाई फरक जिम्मेवारीमा पुर्याउँदो रहेछ ।’ नागरिक दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












