अब मतगणना गर्दा दलका प्रतिनिधिलाई मतपत्रभन्दा टाढा राखिने
रुकुम, ९ असार । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्नका लागि पहिलो चरणको निर्वाचनबाट केही थप पाठ सिकेकाले अब दलका प्रतिनिधिलाई मतगणनास्थलमा मतपत्रभन्दा टाढा राखिने जानकारी दिनुभएको छ ।
निर्वाचन तयारीका बारेमा अनुगमन गर्न बिहीबार आइपुग्नुभएका उहाँले निर्वाचनसम्बन्धी सरोकार भएकाहरुसँगको छलफलमा मतगणना हुने ठाउँमा मतपत्र राख्ने ठाउँलाई डोरी, बाँस वा अन्य कुनै काठले बाँधेर दलका प्रतिनिधिलाई टाढा राख्ने व्यवस्था दोस्रो चरणको निर्वाचनमा गरिने बताउनुभयो ।
यसका लागि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका साथै सुरक्षा निकायलाई निर्देशन दिइसकिएको उहाँको भनाइ छ ।राजनीतिक दलका प्रतिनिधिको सहभागितामा निर्वाचन आचारसंहिता निर्माण गरिएको भन्दै आयुक्त पौडेलले आचारसंहिता कार्यान्वयनका लागि कडाइ गरिने बताउनुभयो ।
बैतडी–निर्वाचन आयुक्त सुधीरकुमार शाहले यही असार १४ गते हुने निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न जिल्लाको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ । जिल्लाको शान्ति सुरक्षा अवस्था अनुगमन गर्न बैतडी आइपुग्नुएका आयुक्त शाहले कसैको डर नमानी ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो । रासस
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












