ब्रेक्जिटपछि बेलायतमा युरोपेली नागरिकलाई ब्रिटिशसरह अधिकार
काठमाडौं, ९ असार । एजेन्सी ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटपछि पनि बेलायतमा कानूनी रुपमा बसिरहेका यूरोपेली नागरिकले ब्रिटिश नागरिकसरह अधिकार उपभोग गर्न पाउने बचन दिएकी छन् । बेल्जिमको ब्रसेल्समा भएको बैठकमा मेले यसबारेमा कसैले पनि कुनै अप्ठ्यारो भोग्न नपर्ने बचन दिएकी हुन् । ब्रिटेनमा पाँच वर्षदेखि बसिरहेका यूरोपेली नागरिकले ब्रिटिशलेसरह स्वास्थ्य, शिक्षा र पेन्सनजस्ता सुविधा उपभोग गर्न पाउने प्रबन्ध मिलाइनेछ ।
ईयू नागरिकको अधिकारलाई कसरी सुनिश्चित गरिने छ भन्ने विषय ब्रसेल्स बैठकमा भएको थियो । ब्रिटेनमा रहेका यूरोपेली र यूरोपभर छरिएर रहेका लाखौं ब्रिटिश नागरिकले ब्रेजिक्ट पूर्वसरह नै अधिकार उपभोग गर्न पाउने व्यवस्था मिलाउन यूरोपियन अदालतले यसअघि नै आदेश पनि दिइसकेको थियो ।
ब्रिटेनमा रहेका करिब ३२ लाख नागरिकमा भने ब्रेक्जिटपछि कतै बेलायत छाड्नु पर्ने हो कि भन्ने त्रास रहेको छ । २८ देशका प्रतिनिधि सम्मिलित दुई दिने सम्मेलनमा बेलायत यूरोपबाट बाहिरिने मिति सन् २०१९ मार्च ३० पछि दुबै तर्फका नागरिकले कुनै अप्ठ्यारो भोग्न नपरोस् भन्ने नै मूख्य विषय रहेको थियो ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












