मुग्लिन–नारायणगढ सडक खुल्न अझै ५ घण्टा लाग्ने, २३ किमिसम्म गाडीको जाम
चितवन, ९ असार । पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्न अझै ५ घण्टा लाग्ने भएको छ । गएराति चितवनको कालीखोलामा गएको पहिराले अवरुद्ध भएको सडक खुलाउन अझै समय लाग्ने भएको हो । पहिरो हटाउन लगातार काम गर्दा कम्तिमा ५ घण्टा लाग्ने जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ । सडक अवरुद्ध बनेपछि हजारौ सवारी साधन विचबाटोमै रोकिएका छन् ।
स्थानीय प्रशासन, प्रहरी र सडक विभागले पहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयासलाई प्राथमिकता दिएको जनाएको छ । पहिरो पन्छाउन र यातायात खुलाउन सडक विभागका ५ वटा स्काइभेटर र डोजर प्रयोग गरिएको प्रमख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भट्ट र चितवन प्रहरी प्रमुख दिपक थापाको टोली बिहानै घटनास्थल पुगेको छ ।
प्रहरी र सडक विभागको टोलीले पहिरोका कारण अवरुद्ध बनेको सडक खुलाउने प्रयास जारी राखेको प्रजिअ भट्टले जानकारी दिए । ‘आज बिहानैबाट पहिरो पन्छाउने काम भइरहेको छ । लगातार काम गर्दापनि कम्तिमा तीन बजेसम्ममा पहिरो पन्छाउन सकिन्छ कि भन्ने अनुमान गरिएको छ ।’ प्रजिअ भटट्ले भने।
यो सडक खण्डमा मर्मतको काम समेत भइरहेको छ । मर्मतका कारण विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक सवारीसाधन रोकेर काम भइरहेको छ । सडकखण्डमा पहिरो गएपछि बिहीबार राजधानीबाट छुटेका सयौ सवारी साधन बीचबाटोमै रोकिएका छन् ।
राजधानीबाट छुटेका सवारीसाधन कुरिनटारदेखि लाइन लागेका छन् । कुरिनटारबाट करिव २२ किलोमिटर सवारीसाधनको लाइन लागेको मु्ग्लिन प्रहरीका प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिए । पहिरोबाट जोगाउन नारायणगढ मुग्लिन सडक खण्ड भएर चल्ने सवै गाडी भरतपुर, नारायणगढ लगायत सुरक्षित स्थानमा रोकिएको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












