सुवेदी १ साउनदेखि एडीबीमा हाजिर हुने, अब को होलान् मुख्य सचिव ?
काठमाडौं, ११ असार । सेवाअवधि बाँकी रहे पनि मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा हुँदै छन् । उनी १ साउनदेखि फिलिपिन्सको मनिलामा एडिबीको उपकार्यकारी निर्देशक हुँदै छन् । सुवेदीको बहिर्गमनपछि मुख्यसचिव बन्न १० जना सचिव प्रतिस्पर्धामा छन् । सरकारले सुवेदीलाई १ साउनदेखि काम गर्न जाने गरी स्वीकृति दिइसकेको छ । २० साउन ०७२ मा मुख्यसचिव भएका सुवेदीको कार्यकाल २० साउन ०७५ सम्म थियो ।
‘म साउन १ देखि एडिबीको केन्द्रीय कार्यालय मनिलामा काम सुरु गर्छु,’ मुख्यसचिव सुवेदीले भने । तर, उनले राजीनामा कहिले गर्ने भन्नेबारे निर्णय लिइनसकेको बताए । अब मुख्यसचिव को हुन्छ ? यो प्रश्नको जवाफ धेरै हदसम्म सुवेदीले राजीनामा कहिले दिन्छन् भन्ने प्रश्नमा निर्भर हुनेछ । अहिले मुख्यसचिवपछि वरीयतामा सचिव धनबहादुर तामाङ छन् ।
सुवेदीले २८ असारअघि नै राजीनामा दिएमा र सरकारले सो मितिअघि नै स्वीकृत गरेमा तामाङ मुख्यसचिव हुने बाटो खुल्नेछ । तर, सुवेदीले राजीनामा ढिलो दिएमा अथवा ढिलो स्वीकृत भएमा तामाङको अवसर गुम्नेछ । किनकि पाँचवर्षे कार्यकालका कारण उनले २८ असारमा अवकाश पाउँदैै छन् । उनी ०६९ साल २८ असारमा सचिवमा वढुवा भएका हुन् ।
तामाङ मुख्यसचिव भइहाले पनि ५८ वर्षे उमेरहदका कारण २० मंसिरमा सेवानिवृत्त हुनेछन् । तर, मुख्यसचिव सुवेदीको राजीनामा २८ असारपछि आएमा भावी मुख्यसचिवका लागि वरीयताका आधारमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ प्रबल दाबेदार हुनेछन् ।
सुवेदी र श्रेष्ठमध्ये जो मुख्यसचिव भए पनि तीन वर्ष (पूर्ण अवधि) बहाल रहनेछन् । तर, मुख्यसचिव भएनन् भने पाँचवर्षे कार्यकालका कारण दुवैजना २ कात्तिकमा सेवानिवृत्त हुनेछन् । उनीहरू एकैदिन २ कात्तिक ०६९ मा सचिव भएका थिए । अझ उनीहरूभन्दा अगाडि अवकाश पाउनेमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र उपराष्ट्रपतिका कार्यालयका सचिव नारायणगोपाल मलेगो हुन् ।
मुख्यसचिव नभएमा क्षेत्री २ साउनमा र मलेगो १ भदौमा अवकाशमा जानेछन् । मुख्यसचिव भएमा पनि ५८ वर्षे उमेरहदका कारण क्षेत्री ८ कात्तिकमा र मलेगो भने १ भदौमा अवकासमा जानेछन् ।
तर, तामाङ मुख्यसचिव भए अहिलेका अन्य आकांक्षीमध्ये धेरैले मंसिरसम्म अवकास लिइसक्नेछन् । त्यसपछि बरियताका आधारमा गृहसचिव लोकदर्शन रेग्मीका लागि मुख्यसचिव बन्ने बाटो खुल्नेछ । यो अवस्थामा रेग्मीसँगै सचिवहरू ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारी पनि मुख्यसचिवको प्रतिस्पर्धामा रहनेछन् । रेग्मीलाई मंसिरपछि मुख्यसचिव बनाउनका लागि अहिले चार महिनाकै लागि भए पनि तामाङलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री देउवालाई निकटस्थले सुझाब दिइरहेको जानकार स्रोतहरू बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












