केपी ओलीलाई म्वाई खाने महिला सावित्रा भन्छिन्, ‘२५ वर्षपछि भेट भयो, हर्षले चुम्बन गरेंछु’
काठमाडौं, ११ असार । एमाले अध्यक्ष केपी ओलीलाई एक महिलाले किस गरेको भिडियो अहिले निकै भाईरल भईरहेको छ । अध्यक्ष ओलीको गृहजिल्लामा शनिवार आयोजित चुनावी सभामा एक महिलाले एकाएक किस गरिन् । उनले ओलीको गालमा तीन चार पटक किस गरिन् । जुन भिडियो निकै भाईरल भईरहेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई सार्वजनिकस्थलमै चुम्बन गर्ने ती महिला को हुन् त ? यस विषयमा सर्वत्र चर्चा भएको छ ।
ओलीलाई किस गर्ने महिलाका बारेमा विभिन्न अड्कलबाजी गरेपनि अन्ततः उनी अध्यक्ष ओलीकै सानीमा रहेछिन् । केपी ओलीलाई सार्वजनिक मञ्चमै चुम्बन गरेर चर्चामा आएकी ती महिला सावित्रा थपलिया हुन् । उनी झापाको बिर्तामोड ९ गरामनीमा बस्छिन् । उनले अध्यक्ष ओलीलाई किस गरेको विषयले निकै चर्चा पाईरहेको बारे त्यति जानकारी रहेनछ । उक्त भिडियो निकै भाईरल भएको जानकारी पाएपछि उनले आश्चर्य हुँदै भनिन्, ‘हो र १ केमा दिन्छ ? कुन टेलिभिजनमा ?’
उनलाई यूट्यूबको बारेमा थाहा रहेनछ । ‘भोलि तपाईंको छोरालाई भिडियो पठाइदिन्छौं, अनि हेर्नु होला’ भनेपछि उनी खुशी भइन् । र, धन्यवाद दिइन् । ओलीलाई चुम्बन गर्ने सावित्रा ७० वर्षकी भइन् । उनी केपी ओलीकी सानिमा हुन् । वास्तवमा ओलीसँग २५ वर्षपछि उनको भेट भएको रहेछ । उनी ओलीकी सानीमा मात्रै होइनन्, बालसखा पनि हुन् ।
‘उहाँ बुढामावलीमा हुर्किनुभएको थियो, त्यतिबेला हामीले एउटै थालमा भात खाएका थियौं’, उनले सम्झिइन्, ‘त्यसपछि उहाँ धेरै समय हराउनुभो । आन्दोलन, र के र के भनेर हराउनुभएको थियो ।’ थपलियाका अनुसार परिवारमा धेरैजना दाजुबहिनी थिए । र, ओलीसहित अरुले कतिपय बेलामा एउटै थालमा भात खान्थे ।
लामो समयको अन्तरालपछि ओलीसँग भेट हुँदा आफूले मन थाम्नै नसकेको थपलियाले बताइन् । र, भनिन्, ‘२५ वर्षपछि भेट हुँदा हर्षले एक्कासी चुम्बन गरेँछु ।’ उनले थपिन्, ‘पछिचाहिँ अरुले के भने होला भन्ने लाग्यो ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












