सरकारविरोधी सैन्य अधिकारीद्वारा प्रहरीको हेलिकोप्टर कब्जा गरी सर्वोच्च अदालतमा हमला
काठमाडौं, १४ असार । भेनेजुएलामा सरकारविरोधी एक सैन्य अधिकारीले प्रहरीको हेलिकोप्टर नियन्त्रणमा लिएर सर्वोच्च अदालतमा हवाइ हमला गरेका छन् । राष्ट्रपति निकोलस मदुरोले सर्वोच्च अदालतमा प्रहरीको हेलिकोप्टरबाट हमला भएको बताएका छन् । उनले उक्त हमलालाई ‘आतंकवादी घटना’ भनेका छन् ।
समाचार एजेन्सीहरुका अनुसार ओस्कार पेरेज नाम गरेका सैन्य अधिकारीले सो हेलिकोप्टर नियन्त्रणमा लिएर हमला गरेका हुन् । उनी स्वयं उक्त हेलिकोप्टरमा सवार थिए । अनलाइनमा पोस्ट गरिएको एक भिडियोमा राजधानी कराकसको आकाशमा उक्त हेलिकोप्टर उडेको देखिन्छ । सोही क्रममा विस्फोटको आवाज पनि सुनिन्छ ।
सरकारी अधिकारीहरुका अनुसार हमलाअघि ओस्कारले हेलिकोप्टर नियन्त्रणमा लिएका थिए । हमलाअघि ओस्कारले सन्देश जारी गर्दै सरकारलाई ‘आपराधिक’ संज्ञा दिएका थिए । उनले त्यस्तो सरकारविरुद्ध कारवाही गर्नका लागि सबैलाई अपीलसमेत गरेका थिए ।
सर्वोच्च अदालतमा भएको आक्रमणमा के कति क्षति भयो भन्ने प्रष्ट विवरण आइसकेको छैन । भेनेजुएलामा केही महिनादेखि सरकारविरोधी प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा हालसम्म ७० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
भेनेजुएलाको सर्वोच्च अदालतमा सरकारको नियन्त्रण रहँदै आएको छ । केही अघि सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकार बढाउने दिशामा महत्वपूर्ण कदम बढाएको थियो ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












