सरकारविरोधी सैन्य अधिकारीद्वारा प्रहरीको हेलिकोप्टर कब्जा गरी सर्वोच्च अदालतमा हमला
काठमाडौं, १४ असार । भेनेजुएलामा सरकारविरोधी एक सैन्य अधिकारीले प्रहरीको हेलिकोप्टर नियन्त्रणमा लिएर सर्वोच्च अदालतमा हवाइ हमला गरेका छन् । राष्ट्रपति निकोलस मदुरोले सर्वोच्च अदालतमा प्रहरीको हेलिकोप्टरबाट हमला भएको बताएका छन् । उनले उक्त हमलालाई ‘आतंकवादी घटना’ भनेका छन् ।
समाचार एजेन्सीहरुका अनुसार ओस्कार पेरेज नाम गरेका सैन्य अधिकारीले सो हेलिकोप्टर नियन्त्रणमा लिएर हमला गरेका हुन् । उनी स्वयं उक्त हेलिकोप्टरमा सवार थिए । अनलाइनमा पोस्ट गरिएको एक भिडियोमा राजधानी कराकसको आकाशमा उक्त हेलिकोप्टर उडेको देखिन्छ । सोही क्रममा विस्फोटको आवाज पनि सुनिन्छ ।
सरकारी अधिकारीहरुका अनुसार हमलाअघि ओस्कारले हेलिकोप्टर नियन्त्रणमा लिएका थिए । हमलाअघि ओस्कारले सन्देश जारी गर्दै सरकारलाई ‘आपराधिक’ संज्ञा दिएका थिए । उनले त्यस्तो सरकारविरुद्ध कारवाही गर्नका लागि सबैलाई अपीलसमेत गरेका थिए ।
सर्वोच्च अदालतमा भएको आक्रमणमा के कति क्षति भयो भन्ने प्रष्ट विवरण आइसकेको छैन । भेनेजुएलामा केही महिनादेखि सरकारविरोधी प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा हालसम्म ७० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
भेनेजुएलाको सर्वोच्च अदालतमा सरकारको नियन्त्रण रहँदै आएको छ । केही अघि सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकार बढाउने दिशामा महत्वपूर्ण कदम बढाएको थियो ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












