चिनियाँ सेनाले सीमा क्षेत्रमा बनाएका भारतीय सेनाको बंकर भत्कायो, भारतीय सेना हेरेको हेर्यै
काठमाडौं, १५ असार । चिनियाँ सेनाले सीमा क्षेत्रमा भारतीय सेनाका बंकर भत्काउने अभियान सुरु गरेको छ । अन्तर्राष्ट्रिय प्रावधान र दुई देशबीचको सहमति उल्लंघन गरी भारतीय पक्षबाट बनाइएका बंकर भत्काइएको चिनियाँ सेनाले जनाएको छ ।
विगत एक महिनाको अवधिमा चिनियाँ सेनाले चारवटा बंकर भत्काइसकेको छ । भत्काइएका पछिल्ला दुई बंकर चीन, भारत र भुटानबीचको त्रिकोणात्मक सीमा क्षेत्रमा रहेको बताइएको छ । यसअघि अन्य दुई बंकर चिनियाँ सेनाले भत्काएको थियो ।
समाचार एजेन्सीहरुका अनुसार चिनियाँ सेनाले यसअघि नै विवादित क्षेत्रबाट बंकर हटाउन आग्रह गरेको थियो । तर भारतीय सेनाले बंकर नहटाएपछि चिनियाँ सेनाले बल प्रयोग गरेर ती बंकर भत्काइदिएको हो ।
डोजरसहित आएका चिनियाँ सेनालाई रोक्न भारतीय सेनाले मानव साङ्लो बनाएका थिए । तर चिनियाँ सेनाले ठेलेर भारतीय सेनालाई हटाएपछि डोजर चलाएर बंकर भत्काइदिएको हो । चिनियाँ सेनाले भारतीय बंकर भत्काउँदा भारतीय सेनाको टोली मुकदर्शक बनेको बताइन्छ ।
भारतले सिक्किमसँग जोडिएको चिनियाँ सीमामा पुराना बंकर मर्मत र नयाँ बंकर बनाउने अभियान नै चलाएको थियो । अरुणाचलको केही हिस्सामा भारत र चीनले लामो समयदेखि विवाद गर्दै आएका छन् । भारत र चीनबीच करिब ४ हजार किलोमिटर सीमा क्षेत्रमा झण्डै आधा हिस्सामा सीमा विवाद छ ।-एजेन्सी
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












