जमिन बाँझो राख्न नपाइने मर्स्याङ्दी गाउँपालिकाको पहिलो निर्णय
लमजुङ, १५ असार । उत्तरी लमजुङमा रहेको मर्स्याङ्दी गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ । बुधबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको सो बैठकले गाउँपालिकाभित्र रहेको जमिनको अधिकतम उपयोग गरी आर्थिक प्रवर्द्धनमा टेवा पुर्याउन विशेष प्राथमिकताका साथ भू–उपयोग नीति अवलम्बन गर्ने निर्णय गरेको हो ।
बैठकले गाउँपालिकाबाट प्रवाह गरिने सेवाहरु र प्रशासनिक कामलाई छिटोछरितो र व्यवस्थित बनाउन कार्यालय र सम्पूर्ण वडा कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउने निर्णय पनि गरेको छ ।
पहिलो बैठकमा गरिएको १७ बुँदे निर्णयमा एक गाउँ एक ल्यान्ड फिल्ड साइड निर्माण, पञ्चवर्षे गुरुयोजना निर्माण, विभिन्न क्षेत्रका विशेषज्ञ, राजनीतिज्ञ, परामर्शदातासँगको अन्तर्क्रिया, पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण र प्रचारप्रसार, समयको व्यवस्थापनलगायत विद्युत् र टेलिफोन सेवामा भएको समस्यालाई सम्बोधन गर्ने निर्णय गरिएको छ । रासस
Comments
अरु समाचार
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...












