अहिलेसम्म एमाले दुई र काँग्रेस माओवादी एक/एक स्थानीय तहमा विजयी
काठमाडौं, १६ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ । अहिलेसम्म चार वटा गाउँपालिकाको नतिजा आइसकेको छ । जसमा नेकपा एमाले २ स्थानमा विजयी हुँदै पहिलो बनेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले समान एक/एक स्थानमा विजयी भएका छन् । बाजुरको पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा एमालेका कालीबहादुर शाही विजयी भएसँगै एमाले २ स्थानमा विजयी भएको हो ।
प्रदेश नम्बर १, ५ र ७ मा का ३५ जिल्ला अन्तर्गत ३ सय ३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले ३ सयभन्दा बढी तहमा मत गणना भइरहेको जनाएको छ । मतगणना भइरहेका स्थानीय तहमा कांग्रेस र एमालेका उम्मेदवारबीच नै तिव्र प्रतिस्पर्धा छ ।
त्यस्तै उपप्रमुखमा पनि एमाले दुई स्थानमा विजयी भएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्र एक/एक स्थानमा विजयी भएका छन् । बाजुराको पाण्डवगुफा गाउँपालिकाको उपप्रमुखमा एमालेका ऐना गिरी विजयी भएसँगै दुई स्थानमा जित हासिल गरेको हो ।
प्रमुख पदमा विजयी
नेकपा एमाले
बझाङको मस्टा गाउँपालिका अध्यक्ष – कर्णबहादुर कठायत
बाजुरको पाण्डवगुफा गाउँपालिका- कालीबहादुर शाही
नेपाली कांग्रेस
बझाङको काँडा गाउँपालिका अध्यक्ष – राजेन्द्र धामी
माओवादी केन्द्र
सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत
उपप्रमुख पदमा विजयी
एमाले
बझाङको मस्टा गाउँपालिका उपाध्यक्ष – भगवती बोहरा
बाजुरको पाण्डवगुफा गाउँपालिका- ऐना गिरी
नेपाली कांग्रेस
बझाङको काँडा गाउँपालिका उपाध्यक्ष – कल्पना बोहरा नेकपा
माओवादी केन्द्र
सोलुखुम्बुको लिखुपिके गाउँपालिका उपाध्यक्ष – प्रमिला बस्नेत
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












