३५ जिल्लामध्ये १८ जिल्लाको मत गणना सम्पन्न, पुरै सकिन अझै आधा महिना भन्दा बढी लाग्ने
काठमाडौं, १९ असार । अहिलेसम्म १८ जिल्लाको मतगणना सम्पन्न भईसकेको छ । गत बुधबार सम्पन्न ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनमध्ये अहिलेसम्म १८ जिल्लाको मत परिणाम आउट भईसकेको हो । हाल ५ वटा स्थानीय तहको मतगणना स्थगित भएको छ । दलहरुवीच विवादका कारण मतगणना रोकिएका ति स्थानमा मतगणना सुचारु गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
कैलालीको धनगढीमा रोकिएको मतगणना सुचारु भएको छ । अव कञ्चनपुर पुर्नवास, मोरङको पथरी शनिश्चरेलगायतका गाउँपालिकामा विवादभएपछि मतगणना रोकिएको छ । ति स्थानमा सहमति गरेर पुन मतगणना सुरु गर्ने आयोगले जनाएको छ ।
प्रदेश नम्बर १ मा खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बुमा मतगणना सम्पन्न भईसकेको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए । यसैगरी, प्रदेश नम्बर ५ का गुल्मी, पाल्पा, रोल्पा, रुकुममा पनि मतगणना सम्पन्न भईसकेको छ ।
त्यस्तै प्रदेश नम्बर ७ मा डडेल्धुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडीका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भईसकेको छ । अरु १७ जिल्लामा मतगणना जारी रहेको छ । यो गतिमा मतगणना जारी रहे सम्पूर्ण परिणाम सार्वजनिक हुन अझै दुई तीन साता लाग्ने देखिएको छ । अन्य जिल्लाहरुको मतगणना चाँडै सकिने जस्तो देखिएपनि विराटनगर महानगरपालिकाको मतगणना आउन अझै धेरै कुर्नुपर्ने देखिन्छ ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












