ताजा समाचार

भारत-चीन तनावः भारतले सीमामा अत्यधिक मात्रामा सैनिक खटायो

काठमाडौं, १९ असार । सीमा क्षेत्रमा भारत र चीनबिच तनाव बढ्दै गएको छ । भारतीय र चिनियाँ सैनिकबीचको विवाद दिनप्रतिदिन बढ्दै गईरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बढ्दो तनावपछि भारतले सिक्किमको एक ईलाकामा आफ्नो स्थिति बलियो बनाउनको लागी सैनिकको संख्या बढाएको छ ।

बीबीसीले भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार भारतले सिक्किमको एक ईलाकामा कमव्याक फोर्सको रुपमा सेनाको उपस्थिति बढाएको हो । सिक्किमको भारत चीनसीमा क्षेत्रमा अधिक सैनिकको ‘नन कम्बोटिभ मोड’ मा लगाएको छ ।

करिब एक महिलादेखि भारतीय सैनिकको चिनिया सैनिकसँग तनाव सिर्जना भईरहेको छ । यहाँ दुवै देशका सेनाबीच स्न १९६२ पछि सबैभन्दा लामो समयसम्म तनाव सिर्जना भईरहेको यो पहिलो पटक हो । भारत गतिरोध अन्त्य गर्न चाहन्छ भने डोकालाबाट आफ्नो सैनिक फिर्ता गर्नुपर्ने चीनले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org