अध्यागमन विभागमा गलत काम हुने गरेका सुचना गृहमन्त्रीकहाँ पुग्यो, कारबाही गर्ने चेतावनी
काठमाडौं, १९ असार । गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) अध्यागमन विभाग पुगेर कर्मचारीहरुसँग कड्किएका छन् । कर्मचारीमाथि खनिदैं मन्त्री शर्माले विभागमा गलत काम हुने गरेको सुचना आफूकहाँ आईपुगेको भन्दै योजनाबद्ध रुपमा गलत काम भएमा क्षमा नदिइने बताएका हुन् ।
सोमबार अध्यागमन विभागको ‘नेपाल ईमिग्रेसन’ नामक मोबाईल एप सार्वजनिक गर्दै मन्त्री शर्माले भने, ‘मकहाँ आईपुगेको सुचना गलत पनि हुनसक्छ, सही सूचना हुन् भने गलत गर्नेहरु तयारी भएर बस्नुहोला ।’ ‘योजनाबद्ध तरिकाले गतल गर्नेलाई कुनै पनि शर्तमा क्षमा दिइने छैन ।’ मन्त्री शर्माले भने, ‘त्यस्ता सुचना र प्रमाणहरु मसँग आईपुगेका छन्, यद्यपी विभागीय हिसावले ति सुचना आएका छैनन् ।’
अध्यागमनमा हुने गरेको गलत कामको सुचना सही हो या हैन भन्नेबारे आफुले बुझिरहेको जानकारी दिँदै उनले भने, ‘काम गर्दागर्दै भूल गरेको हो भने त्यो दोस्रो कुरा हो तर यहाँ दैनिक गलत क्रियाकलाप भएको जसका कारण राष्ट्रको बद्नाम भएको र सेवामा ठुलो संकट आएको मैले बुझेको छु ।’
केही दिनयता मात्रै पनि त्यस्ता घट्ना घटेको सुचना आफुले पाएको जानकारी दिँदै मन्त्री शर्माले आवश्यक रिपोर्ट आएमा कारवाही गरिने बताए । ‘मेरो एउटा कुरा तपाईलाई भन्न चाहन्छु राष्ट्रप्रती हामी सवै ईमान्दार हुनुपर्छ, ईमान्दारीतापुर्व काम गर्दा केही गल्ती हुन पुगे त्यो क्षम्य हुन्छ तर स्वार्थमा लागेर राष्ट्रलाई धोका दिनेकाम कसैले गर्छ भने त्यो क्षम्य हुँदैन ।’ उनले भने, ‘कर्मचारीका लागी मन्त्री कुनै विशेष चिज होइन, तपाईहरुको साथी हुँ, साथिको रुपमा ब्यवहार गर्न चाहन्छु ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












