एउटाले पाएको भोट अर्कोमा जोडेपछि धरान उपमहानगरको मतगणना स्थगित
धरान, २० असार । धरान उपमहानगरपालिकाको मतगणना सोमबार मध्यरातबाट स्थगित भएको छ । मतगणना सकिएर घोषणा गर्नुअघि रुजु गर्ने क्रममा एउटाको मत अर्को पार्टीको उम्मेदवारलाई जोडिदिएको सूचना बाहिरिएपछि विवाद भएपछि मतगणना स्थगित भएको हो ।
संघीय समाजवादी फोरम नेपालबाट उपमेयरका उम्मेदवारको मत अर्कै उम्मेदवारलाई जोडेको भन्दै नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम गठबन्धनका नेताहरुले चर्को विरोध गरेपछि राति ११ बजेदेखि मतगणना स्थगित भएको हो।
वडा नम्बर ९, १० र ११ को मतगणना भइरहँदा एमाले बढी मत जोडेको भन्दै सुरुमा विवाद भएको थियो। माओवादी, समाजवादी फोरम र कांग्रेसलगायत दलले विरोध गरेपछि ती गणक कर्मचारीलाई निष्काशन गरिएको केही घण्टालगत्तै वडा नम्बर ९ को मतपरिणाम घोषणअघि निर्वाचन अधिकृतको कार्यालयमा लगिएको चार्टलाई रुजु गर्ने क्रममा लापरबाही भेटिएको थियो।
निर्वाचन अधिकृतको कार्यालयले उक्त गल्तीलाई सच्याएर घोषणा गर्नुअघि नै माओवादी केन्द्र र समाजवादी फोरमका नेताहरुले थाहा पाएपछि विरोध गर्दै मतगणना कार्य तत्काल रोकेका थिए। यो प्रकरणले वडा ९ र १० को मतगणना सकिएपनि सार्वजनिक हुन पाएन।
निर्वाचन अधिकृतको कार्यालयले विवादलाई तत्काल समाधानको प्रयास गरेपनि माओवादी केन्द्र र समाजवादी फोरम गठबन्धनले मतगणना कार्य सुचारु गर्न सहमत भएन। त्यसपछि मध्यराति सर्वदलीय बैठक बसेर मंगलबार बिहान ७ बजे बैठक बसेर थप निर्णय गरी अघि बढ्ने निर्णय गरेपछि अहिलेसम्म पनि बैठक सुरु भएको छैन।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












