प्रधानमन्त्री देउवाको दैनिक कार्यसूचीः एकैदिन ३ ठाउँमा बिहेभोज
काठामाडौं, २१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको दैनिक कार्यक्रम कस्ता होलान् ? तपाईलाई अचम्म लाग्न सक्छ । उनको आजको दैनिक कार्यसूचीमा भेटघाटदेखि बिहेभोजमा सहभागी हुने सम्मका रहेका छन् । प्रधानमन्त्री देउवाको आज दैनिक कार्यसूचीमा ३ ठाउँमा बिहेभाज जानेछ ।
सामान्यतया प्रधानमन्त्री यस्ता कार्यक्रमहरुमा कमैमात्रामा सहभागी हुने गर्दैछन् । तर देउवाको भने एकैदिन ३ बिहेभोजमा सहभागी हुन लागेका हुन् । आफ्नो सचिवालय बनाउन नसक्दा प्रधानमन्त्री देउवाको दैनिक कार्यसूची व्यवस्थित हुन नसकेको हो । प्रधानमन्त्रीको सचिवालय व्यवस्थित नहुँदा उनका कार्यक्रमको प्राथमिकता निर्धारण हुन नसकेको र कतिपय सन्दर्भमा विवादमा परेको भन्दै सहयोगीहरुले अशन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री निर्वाचित भएको एक महिना हुन लाग्दा पनि देउवाले औपचारिक रुपमा स्वकीय सचिव पनि नियुक्त गरेका छैनन् । उनका सहयोगी भानु देउवाले स्वकीय सचिवको भूमिका निर्वाह गरिरहे पनि नियुक्ति पाएका छैनन् । जेठ २३ गते प्रधानमन्त्री निर्वाचित भएका प्रधानमन्त्री देउवाको सचिवालय व्यवस्थित नहुनको परिणाम उनको बीबीसीको साझा सवाल कार्यक्रमको सहभागिता र त्यसपछिको विवाद हो भन्ने तर्क देउवा निकटस्थहरुको छ ।
प्रधानमन्त्रीले विहान ११ बजेदेखि साँझसम्म भाग लिने ५ वटा कार्यक्रममध्ये तीनवटा चाहिँ बिहे भोज छन् । प्रधानमन्त्रीको महत्वपूर्ण समय बिहेभोजमा गइरहेको छ भन्ने देखाउन खोजिएको हो कि रु अरु कार्यक्रमनै नभएका हुन् रु सचिवालय व्यवस्थित नहुदाको यो एउटा उदाहरण हो ।
देउवाका ती सहयोगीले भने– प्रधानमन्त्रीले बिहे र ब्रतबन्धमा सहभागी हुने वा जन्ती मलामी जाने कुरा सामाजिक कार्य हुन् र आवश्यकता अनुसार जानु पनि पर्छ । तर, सचिवालयले जनताले देख्ने गरी वेभसाइटमै यस्ता कार्यक्रममा प्रधानमन्त्रीको समय गइरहेको छ भनेर खुइल्याउन खोजेको त होइन ? प्रधानमन्त्री देउवाले प्रमुख स्वकीय सचिव, प्रेस सल्लाहकार र राजनीतिक सल्लाहकार नियुक्त गर्नेबारे छलफल भइरहे पनि टुंगो लाग्न सकेको छैन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












