विदेशबाट फर्केका १६ जना युवाद्वारा १३ वटा पोखरीमा माछापालन सुरु
गोरखा, २१ असार । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बसेर फर्किएका युवाहरूले गोरखाको देउरालीस्थित तीनकिलोमा र मनकामनाको कल्लेरीमा व्यवसायिक माछापालन सुरू गरेका छन्। तीन किलोमा सहारा कृषक समूह र मनकामनामा लाफा नमूना कृषक समूह गठन गरी युवाहरूले माछापालन, सुँगुरपालन, केरा खेती र तरकारी खेती गर्दै आएका छन्।
१६ जना युवा मिलेर सहारा कृषक समूहमार्फत् १३ वटा पोखरीमा माछापालन गरिएको समूहका अध्यक्ष सुरज आलेले बताए। यीमध्ये आठ जना वैदेशिक रोजगारीमा गएर स्वदेशमै केही व्यवसाय गर्ने अठोटका लिई फर्केका हुन्। कमन कार्फ, सिल्भरकार्फ, बिगहेड, रघुनौनी जातका माछापालन गरिएको उपाध्यक्ष रमेश थापाले बताए।
वर्षमा दुई पटक माछा उत्पादन गरिन्छ। उनले भने, ‘बजारमा पठाउँदा प्रतिकेजी ३०० रुपैयाँमा पठाइन्छ भने एकरदुई किलो बेच्दा प्रतिकेजी ४०० रुपैयाँ पर्छ।’ आँबुखैरेनी, गोरखा, मनकामना, मुग्लिन, पोखरा, चितवनमा माछा बिक्री गर्न लगिन्छ। बिदेशमा दुःख गर्दा पनि सोचेजस्तो कमाइ नहुने तर कम दुःखमै स्वदेशमा मनग्य आम्दानी भएको युवाहरूले बताए।
व्यवसायिक कृषि उत्पादनमा जुटेका युवाहरूलाई जिल्ला कृषि विकास कार्यालयले पनि अनुदान सहयोग उपलब्ध गराएको छ। पोखरी खन्न कार्यालयबाट एक लाख ४० हजार रुपैयाँ प्राप्त भएको छ। पोखरीको संख्या बृद्धि गरी थप माछापालन गर्ने तयारी उनीहरू गर्दैछन्। अहिलेसम्म रू। तीस लाखभन्दा बढी लगानी भइसकेको छ।
यस्तै विदेशबाट फर्किएका युवाहरूले कल्लेरीमा पनि लाफा नमूना कृषक समूह गठन गरेर ब्यबसायीक कृषि उत्पादनमा जुटेका छन्। समूहमा दश जनामध्ये आठ जना साउदी, कतार लगायत देशमा काम गरेर फर्किएका युवा छन्। समूहका अध्यक्ष शिवराना मगरका अनुसार छ रोपनी क्षेत्रफलमा नौ वटा माछापोखरी, कुखुरापालन, दश रोपनी क्षेत्रफलमा घिरौंला, करेलालगायत जातका मौसमीरबेमौसमी तरकारी खेति, सात रोपनीमा केरा खेती गरिएको छ।
अर्का कृषक झक्कल थापाका अनुसार लोकल जातका सुंगुरपालन पनि सुरू गरिएको छ। तरकारी खेती र माछापालन वृद्धि गर्ने तयारी गरिएको छ। युवाहरूमध्ये धनबहादुर थापा र कुलबहादुर थापाले क्रमशः तरकारी खेतीको रेखदेख र कुखुरापालन व्यवसाय हेरेका छन्। समूहका सदस्यलाई एकेक वटा कामको जिम्मेवारी तोकिएको छ। बजार प्रवद्र्धन गर्ने र हरहिसाब दुरूस्तै राख्ने काम समूहकै सदस्यले गर्छन्।
३७ रोपनी जग्गा भाडामा लिएर युवाहरूले एक बर्ष अघिदेखि कृषि व्यवसाय गर्दै आएका हुन्। थापाले भने, ‘अहिलेसम्म एक करोड रुपैयाँ लगानी भइसक्यो। बिदेशमा कमाएको रकम, मनकामनाको साना किसान बित्तिय संस्थाबाट लिएको ५० लाख रुपैयाँ ऋण र जिल्ला कृषि विकास कार्यालयबाट पाएको अनुदान सहयोगले ब्यबसाय अघि बढाउँदैछौं।’
तरकारी खेती सिँचाइका लागि सोलार ऊर्जाबाट चल्ने पानी तान्ने मेशीन र थोपा सिंचाइ कार्यक्रममार्फत् ३० हजार रुपैयाँ, माछापोखरी निर्माणलाई ५० हजार रुपैयाँ अनुदान कार्यालयबाट उपलब्ध गराएको बरिष्ठ कृषि बिकास अधिकृत यामकुमार श्रेष्ठले बताए। यसबर्ष ६० वटा पोखरी निर्माणलाई कार्यालयले अनुदान दिएको थियो। बजारमा माछाको माग बढ्दै गएपछि कृषकहरू व्यवसायिक माछापालनमा जुटेका छन्।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












