विदेशबाट फर्केका १६ जना युवाद्वारा १३ वटा पोखरीमा माछापालन सुरु
गोरखा, २१ असार । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बसेर फर्किएका युवाहरूले गोरखाको देउरालीस्थित तीनकिलोमा र मनकामनाको कल्लेरीमा व्यवसायिक माछापालन सुरू गरेका छन्। तीन किलोमा सहारा कृषक समूह र मनकामनामा लाफा नमूना कृषक समूह गठन गरी युवाहरूले माछापालन, सुँगुरपालन, केरा खेती र तरकारी खेती गर्दै आएका छन्।
१६ जना युवा मिलेर सहारा कृषक समूहमार्फत् १३ वटा पोखरीमा माछापालन गरिएको समूहका अध्यक्ष सुरज आलेले बताए। यीमध्ये आठ जना वैदेशिक रोजगारीमा गएर स्वदेशमै केही व्यवसाय गर्ने अठोटका लिई फर्केका हुन्। कमन कार्फ, सिल्भरकार्फ, बिगहेड, रघुनौनी जातका माछापालन गरिएको उपाध्यक्ष रमेश थापाले बताए।
वर्षमा दुई पटक माछा उत्पादन गरिन्छ। उनले भने, ‘बजारमा पठाउँदा प्रतिकेजी ३०० रुपैयाँमा पठाइन्छ भने एकरदुई किलो बेच्दा प्रतिकेजी ४०० रुपैयाँ पर्छ।’ आँबुखैरेनी, गोरखा, मनकामना, मुग्लिन, पोखरा, चितवनमा माछा बिक्री गर्न लगिन्छ। बिदेशमा दुःख गर्दा पनि सोचेजस्तो कमाइ नहुने तर कम दुःखमै स्वदेशमा मनग्य आम्दानी भएको युवाहरूले बताए।
व्यवसायिक कृषि उत्पादनमा जुटेका युवाहरूलाई जिल्ला कृषि विकास कार्यालयले पनि अनुदान सहयोग उपलब्ध गराएको छ। पोखरी खन्न कार्यालयबाट एक लाख ४० हजार रुपैयाँ प्राप्त भएको छ। पोखरीको संख्या बृद्धि गरी थप माछापालन गर्ने तयारी उनीहरू गर्दैछन्। अहिलेसम्म रू। तीस लाखभन्दा बढी लगानी भइसकेको छ।
यस्तै विदेशबाट फर्किएका युवाहरूले कल्लेरीमा पनि लाफा नमूना कृषक समूह गठन गरेर ब्यबसायीक कृषि उत्पादनमा जुटेका छन्। समूहमा दश जनामध्ये आठ जना साउदी, कतार लगायत देशमा काम गरेर फर्किएका युवा छन्। समूहका अध्यक्ष शिवराना मगरका अनुसार छ रोपनी क्षेत्रफलमा नौ वटा माछापोखरी, कुखुरापालन, दश रोपनी क्षेत्रफलमा घिरौंला, करेलालगायत जातका मौसमीरबेमौसमी तरकारी खेति, सात रोपनीमा केरा खेती गरिएको छ।
अर्का कृषक झक्कल थापाका अनुसार लोकल जातका सुंगुरपालन पनि सुरू गरिएको छ। तरकारी खेती र माछापालन वृद्धि गर्ने तयारी गरिएको छ। युवाहरूमध्ये धनबहादुर थापा र कुलबहादुर थापाले क्रमशः तरकारी खेतीको रेखदेख र कुखुरापालन व्यवसाय हेरेका छन्। समूहका सदस्यलाई एकेक वटा कामको जिम्मेवारी तोकिएको छ। बजार प्रवद्र्धन गर्ने र हरहिसाब दुरूस्तै राख्ने काम समूहकै सदस्यले गर्छन्।
३७ रोपनी जग्गा भाडामा लिएर युवाहरूले एक बर्ष अघिदेखि कृषि व्यवसाय गर्दै आएका हुन्। थापाले भने, ‘अहिलेसम्म एक करोड रुपैयाँ लगानी भइसक्यो। बिदेशमा कमाएको रकम, मनकामनाको साना किसान बित्तिय संस्थाबाट लिएको ५० लाख रुपैयाँ ऋण र जिल्ला कृषि विकास कार्यालयबाट पाएको अनुदान सहयोगले ब्यबसाय अघि बढाउँदैछौं।’
तरकारी खेती सिँचाइका लागि सोलार ऊर्जाबाट चल्ने पानी तान्ने मेशीन र थोपा सिंचाइ कार्यक्रममार्फत् ३० हजार रुपैयाँ, माछापोखरी निर्माणलाई ५० हजार रुपैयाँ अनुदान कार्यालयबाट उपलब्ध गराएको बरिष्ठ कृषि बिकास अधिकृत यामकुमार श्रेष्ठले बताए। यसबर्ष ६० वटा पोखरी निर्माणलाई कार्यालयले अनुदान दिएको थियो। बजारमा माछाको माग बढ्दै गएपछि कृषकहरू व्यवसायिक माछापालनमा जुटेका छन्।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












