नेपाली पोशाक लगाएर गोर्खाल्याण्ड आन्दोलन गर्दै दार्जिलिङबासी
काठमाडौं, २२ असार । भारतको पश्चिम बंगाल सरकारले बंगाल भाषालाई बाध्यकारी गर्ने प्रयास गरेपछि भड्किएको आन्दोलन पछिल्लो समयमा गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा परिणत भएको छ । आन्दोलनका क्रममा दार्जिलिङका नौ दलका नेता र कार्यकर्ताले ढाकाको पोशाक लगाएर प्रदर्शन गर्ने गरेको दार्जिलिङका लेखक विष्णु कुमार शर्माले जानकारी दिए ।
गोर्खाल्याण्ड आन्दोलनका क्रममा दार्जिलिङमा तीन जना नेपाली भाषीको मृत्यु भएपछि गोर्खा जनमुक्ति मोर्चाले आव्हान गरेको आम हड्तालको २१ दिनसम्म दार्जिलिङ, कालेबुङ, मिरिक, सिक्कम लगायतका क्षेत्रमा दैनिक प्रदर्शन हुने गरेको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीले बेग्लै गोर्खा राज्यको मागलाई अघि सारेका छन् ।
एक सय दश बर्ष लामो गोर्खाल्याण्ड आन्दोलन ३६ बर्षसम्म आन्दोलन गरेर १९९२ अगष्ट २१ मा आठौ अनुसूचीमा पुगेर टुंगिएको थियो । लेखक बी बी ठकुरीका अनुसार पश्चिम बंगालका मुख्य मन्त्री विधान चन्द्र रायले सन् १९६१ मा पहाडमा बंगाल भाषा पढाउन आदेश दिएका थिए । त्यो आदेश विरुद्ध गोर्खाल्याण्डका नागरिकले सडकमै आएर प्रतिपाद गरेपछि आदेश फिर्ता भएको थियो ।
पछिल्लो पटक मुख्यमन्त्री ममता व्यनर्जी सरकारले बंगाली भाषालाई बाध्यकारी बनाउने प्रयास गरेपछि आन्दोलन र दमन जारी रहेको गोर्खा जनमुक्ति मोर्चाकी नेतृ निरा शर्माले बताइन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











