उत्तर कोरियामाथि सैन्य आक्रमण गर्ने अमेरिकाको चेतावनी
काठमाडौं, २२ असार । अमेरिकाले उत्तर कोरियामाथि सैन्य कारबाही गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले मंगलबार अन्तरमहादेशमा मार हान्न सक्ने क्षमताको मिसाइल परीक्षण गरेपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो । आवश्यक परेमा उत्तर कोरियाको गतिविधि विरुद्ध सैन्य कारवाही गर्न सकिने संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलले चेतावनी दिईन् ।
अमेरिकाले उत्तर कोरियाका कारण उत्पन्न भएको खतराबाट आफ्नो देशको रक्षाका लागि तयारी गरेको बताए । उत्तर कोरिया विरुद्ध नयाँ प्रतिबन्ध लगाउने सम्बन्धमा संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेश गरिने पनि उनले बताईन् । उत्तर कोरियाले मंगलबार गरेको मिसाइल परीक्षणले उसले सैन्य क्षमता तीब्र गतिमा विस्तार गरेको देखिने र यो विश्वका लागि खतराको विषय रहेको अमेरिकाको भनाई छ ।
उत्तर कोरियाले मंगलबार जापानको समुद्री क्षेत्रमा अन्तरमहादेशिय मिसाइल प्रहार गरेको थियो । संयुक्त राष्ट्रसंघले कुनै पनि किसिमको परमाणु कार्यक्रम गर्न नपाउने गरी उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले भने लगातार मिसाइल परीक्षण गर्ने क्रम रोकेको छैन ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












