पार्टीका उम्मेदवारलाई हराएकोमा कांग्रेस कार्यकर्ताले खुशीयाली मनाए, एनपी साउदलाई समस्या
कञ्चनपुर, २२ असार । सामान्यतया आफ्नो पार्टीको उम्मेदवार विजयी हुँदा खुशीयाली मनाईन्छ । विजयी उम्मेदवारलाई बाजागाजासहित अविरजात्रा गर्ने देखि विजय उत्सव मनाउने गरिन्छ । तर कञ्चनपुरमा भने माथिको मान्यताले फेल खाएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अन्तर्घात गरेर कांग्रेसलाई हराउन सफल भएकोमा कार्यकर्ताले खुशीयाली मनाएका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसलाई हराएको खुशी व्यक्त गरेका हुन् ।
पार्टी सभापति पदमा बसेको मान्छेलाई वडा अध्यक्षमा समेत टिकट नदिएर आफूलाई अपहेलना गरेको भन्दै साबिकको रैकवार विचुवाका पार्टी सभापति काशीराम भाटले फेसबुकमार्फत कांग्रेसलाई हराएकोमा खुशी व्यक्त गरेका हुन् । उनले उपमेयर र वडा अध्यक्ष दुवै घोडाघाटमा दिएर आफ्नो अपहेला गरेको हुँदा साथीहरुको सहयोगमा कांग्रेसलाई हराएको उल्लेख गरेका छन् ।
भाटले फेसबुकमार्फत चन्द्रबहादुर साउद, प्रकाश भट्ट, बेदी राना, पुस्कर ओझा (राजघाट), कल्लु राना (पिपरैया), लोकराज राना (राजघाट), बालकृष्ण अवस्थी र श्यामलाल राना (कलुवापुर) को नेतृत्वमा १३ गते राति पिपरैयामा बसेर त्यहाँका बासिन्दालाई विभिन्न कुराको प्रलोभन देखाएर सबैलाई नेकपा एमालेमा भोट हाल्न लगाएको उल्लेख गरेका छन् ।
उनले क्षेत्र नम्बर २ का सभासद एनपी साउदको कमजोरीले आफूले यस्तो कदम चाल्नु परेको भन्दै राजघाट र पिपरैयामा कुनै पदका लागि टिकट नदिएर घोडाघाटलाई दुईवटा टिकट दिई आफूहरुलाई मानिस नभएको भन्ने पुष्टि गरेकाले आफूहरुले यस्तो कदम चालेको उल्लेख गरेका छन् ।
भाटले साबिकको रैकवारविचुवा गाविस कृष्णपुर नगरपालिकामा समायोजन हुँदा आफ्नो क्षेत्रमा मेयर पदको टिकट दिनुपर्ने भन्दै नेपाली कांग्रेसको पार्टी कार्यालयमा गएको जेठमा ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापनपत्रमा रैकवारमा मेयरको टिकट नदिए आफूहरुले कृष्णपुरमा असहयोग गर्ने उल्लेख गरेकाले अन्तर्घात गरेको हुन सक्ने स्रोतले बताएको छ ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












