मेलम्चीले खनेको सडकका कारण १० मिनेट पानी पर्दा पनि काठमाडौंमा घण्टौंको जाम
काठमाडौं, २३ असार । उपत्यकामा करिब १० मिनेट ठूलो पानी पर्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । फुटेका र जाम भएका ढलका कारण पानी सडकमै जम्मा हुँदा ट्राफिक जाम हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० मिनेट मुुसलधारे पानी पर्यो भने करिब २५५ ट्राफिक समस्या थपिन्छ ।
मेलम्ची खानेपानी आयोजनाले खनेका सडकमा ढलको समस्या बढेको छ । केहीबेर पानी पर्दा एक दर्जनभन्दा बढी ठाउँमा ढलको पानी सडकमा आएर डुबान हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
यी सडकहरू बढी डुबानमा पर्छन्
पुतलीसडक, जमल, थापाथली, त्रिपुरेश्वर, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गोपीकृष्ण, बालाजु, तिनकुने, कलंकीदेखि नागढुंगासम्मको सडक,भोटेबहाल र मैतीदेवी क्षेत्र धेरै डुबानमा पर्ने खडकखण्ड भएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुुसुदन सिलवालले बताए ।
‘सडक डुबानमा परेपछि मोटरसाइकल तथा साना सवारीसाधन खाल्डोखुल्डीमा पर्ला भनेर त्यो बाटोको प्रयोग गर्दैनन्,’ सिलवालले भने, ‘त्यसले थप ट्राफिक समस्या निम्त्याउँछ ।’
ढलको सरसफाइ र मेलम्चीको समस्या समाधान नभएसम्म यो समस्याबाट चाँडै छुटकारा नपाइने उनले बताए । मेलम्चीको पाइप ओछ्याउन उपत्यकामा २५ देखि ३० ठाउँमा खनेका ठुल्ठूला खाल्डाले झन् समस्या आएको ट्राफिक महाशाखाले जनाएको छ ।
खाल्डामा पानी जम्मा भएपछि सवारीचालकले अर्को रुट प्रयोग गर्दा जाम बढ्ने र त्यसको असर सबैतिर पर्ने गरेको प्रहरी निरीक्षक सिलवालले बताए । –नयाँ पत्रिका दैनिकबाट
Comments
अरु समाचार
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...












