आईजीपी अर्याल बल्ल एक्सेनमा, घुस खाने एसपीदेखि इन्सपेक्टर सम्म कारबाहीमा

काठमाडौं, २३ असार । तराईका विभिन्न जिल्लामा आपराधिक गिरोहसँग प्रहरीको मिलेमतोको उजुरी बढेपछि मुख्यालयले कारबाही सुरु गरेको छ । आन्तरिक शुद्धीकरण अभियान अन्तर्गत प्रहरी मुख्यालयले घुस खाने प्रहरीमाथि कारबाही सुरु गरेको हो । पर्सा र सप्तरीका एसपीलाई जिम्मेवारीबाटै हटाएर प्रहरी मुख्यालयले छानबिन गरिरहेको छ । पर्साका गोविन्द साह र सप्तरीका अनुराग द्विवेदीलाई मुख्यालय तानेर अनुसन्धान अगाडी बढाएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले उनीहरूमाथि छानबिन गरिरहेको छ । ‘गम्भीर उजुरी आएपछि मुख्यालय तानेर अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने, ‘उजुरीमा सत्यता भेटिएमा विभागीय कारबाही हुन्छ ।’ दुवै एसपीले तस्करीमा सघाएको र शान्तिसुरक्षामा ध्यान नदिएको उजुरी परेको छ । पैसा लिएको प्रमाणसहित केही व्यक्तिहरूले उजुरी गरेपछि उनीहरूलाई त्यहाँबाट हटाइएको हो ।
दुईजना एसपीलाई तत्कालै ती जिल्लामा पठाउने भनिए पनि बिहीबारसम्म कसैलाई पठाइएको छैन । गृह मन्त्रालयका अधिकारीले थप छलफल गरेर मात्र पठाउने बताएपछि दुवै जिल्ला एसपीविहीन बन्न पुगेका छन् । तानिएका एसपीद्वय फेरि आफैँ जान राजनीतिक लबिङमा लागिसकेका छन् । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको सिफारिसमा उनीहरू तराईको जिल्लामा इन्चार्ज भएका थिए ।
नेपाल–भारत सीमामा तस्करीमा सघाएकै आरोपमा जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेन्द्रबाबु रेग्मी पनि छानबिनमा तानिएका छन् । क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले उनलाई त्यहाँबाट हटाएर छानबिन थालेको हो । दुई साताअघि क्षेत्रले जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामा कार्यरत इन्स्पेक्टर उमाशंकर यादवमाथि कारबाही सुरु गरेको थियो । त्यस्तै, सइ रामबालक यादवलगायत अन्य चारजना जुनियर प्रहरीलाई पनि गुल्ममा सरुवा गरी छानबिन भइरहेको छ ।
त्यस्तै, सप्तरीका एसपीसँगै तल्लो तहका प्रहरी पनि कारबाहीमा परेका छन् । सखरा चौकीका सइले बिहारतर्फ मदिरा तस्करीमा सघाएको खुलेपछि उनलाई कारबाही गरिएको छ । तराईका जिल्लामा भारतबाट तस्करी हुने भएकाले प्रहरीको मिलेमतो देखिने गरेको छ । त्यही कारण तराईका जिल्लामा इन्चार्ज बन्न चलखेल हुने गरेको छ ।
पछिल्ला महिना तराईका जिल्लामा आर्थिक अनुशासनहीनता मौलाएको रिपोर्ट प्रहरी मुख्यालयमा पुगेको छ । बारा, रौतहट, सिरहा, महोत्तरी, धनुषा, रूपन्देही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लाका प्रहरीविरुद्ध धेरै उजुरी परेको प्रहरी मुख्यालयका एक अधिकारीले बताए ।
आफ्नै प्रहरी कर्मचारीसँग घुस लिएको आरोपमा इन्स्पेक्टर बन्धुराज खनाललाई गृह मन्त्रालयले सेवाबाट हटाएको छ । क्षेत्रीय प्रहरी कार्यालय हेटौँडामा कार्यरत रहँदा उनले बढुवा गरिदिने भन्दै सिपाहीहरूसँग पैसा असुलेका थिए ।
कर्मचारी प्रशासन शाखामा कार्यरत उनले तराईका विभिन्न जिल्लामा कार्यरत सिपाहीसँग पैसा लिएका थिए । पैसा दिएर पनि बढुवा नभएपछि सिपाहीहरूले उनीविरुद्ध उजुरी गरेका थिए । मध्यक्षेत्रका तत्कालीन डिआइजी पशुपति उपाध्यायले पैसा खाएको थाहा पाएपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाएका थिए ।
प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार खनाललाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी गृहले हालै जागिरबाट हटाएको हो । खनालको जागिर अवधि करिब एक वर्ष मात्र बाँकी थियो ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











