भरतपुर मतपत्र प्रकरणको बहस आजः के सर्वोच्चले च्यातिएका मतपत्रको पोको खोल्ला ?
काठमाडौं, २३ असार । भरतपुर महानगरको मतपत्र च्यातिएको प्रकरणमा सर्वोच्च अदालतमा आज बहस हुदैछ । अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त अन्तरकालीन आदेशले आजको बहसमा पनि निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ भने अन्तरकालीन आदेश बदर भएमा वडानम्बर १९ मा पुनः मतदान गर्नुपर्ने फैसला हुनेछ । सो मुद्दाको आज १ नम्बरमा पेसी राखिएको छ । न्यायाधीश मिरा र खड्का अनिलकुमार सिन्हाले बहस गर्दैछन् ।
बैशाख ३१ गते भएको स्थानीय निर्वाचन अन्र्तगत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएपछि पुनः मतदान गर्ने या मतणना गर्ने भन्ने विषयमा विवाद बढेसँगै सो वडाका वडासदस्यका उम्मेदवार गुन्जमान विकलगायतले मुद्दा दायर गरेका थिए ।
मुद्दामा यसअघि अदालतले वडा नम्बर १९ मा च्यातिएका ९० थान मतपत्र सर्वोच्च अदालतले मगाएको थियो । आजको बहसमा च्यातिएका मतपत्रको पोको समेत खोलिने बताइएको छ । मतगणनाका क्रममा भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १३ गते सर्वोच्चमा पेस गरेको थियो ।
मतपत्रसँगै जिल्ला अदालत चितवनमा मतपत्र च्यात्नेविरुद्ध अदालतमा चलाइएको मुद्दाको मिसिल पनि सर्वोच्चको इजलासमा आजै पेस हुनेछ । भरतपुर महानगरमा जेठ १४ गते राति मतगणना जारी रहेका बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












