मृगौला चोरी प्रकरण व्यवस्थापिका संसदमा प्रवेश, दोषीमाथि कारबाही गर्न माग
काठमाडौं, २३ असार । व्यवस्थापिका संसदमा मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले अस्पतालमा उपचाररत विरामीको मृर्गौला निकालेको भन्ने विषयले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादीका सांसदहरुले अस्पतालले विरामीको मृर्गौला निकालेर खुलमखुला मानव अंगको तस्करी गर्न लागेको भन्दै तत्काल न्यायिक आयोग बनाएर छानविन गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीलेले मनमोहन मेमोरियल कलेजको विज्ञप्ती, त्यसले विरामीका परिवारसंग गरेको संम्झौता लगायतले अस्पतालले जानी जानी मृर्गौला चोर्ने काम गरेको पुष्टी भएको भन्दै दोषीलाई कारवाही गर्न सरकार र सदनको ध्यानाकर्षण गराए ।
मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराईरहेका नुवाकोटका शिव प्रसाद रिमालको पत्थरीको अपरेसनका क्रममा मृर्गौला निकालिएको समाचार बाहिर आएपछि अस्पताल प्रशासनले विज्ञप्ति जारी गरी पत्थरीको अपरेशन गर्ने क्रममा मिर्गौलाको शल्यक्रिया भएको साँचो भएको स्वीकार गरेको छ । अस्पतालले पत्थरीको शल्यक्रियाको क्रममा मिगौलाबाट रगत बगेर बिरामीको ज्यानै जान सक्ने खतरा बढेपछि परिवारकै सहमतिमा मृर्गौला झिकिएको दाबी समेत गरेको छ ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











