सप्तरीका बाढीपीडितलाई जनही २५ हजार दिने प्रधानमन्त्रीको घोषणा, १५ लाख सम्म ऋण
सप्तरी, २३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढीपीडित परिवारलाई जनही २५ हजार रुपैया क्षतिपूर्ती दिने घोषणा गरेका छन्। गृहमन्त्री जनार्दन शर्मासहितको टोली लिएर सप्तरी पुगेका प्रधानमन्त्री देउवाले भेडियामा आयोजित कार्यक्रममा उक्त रकम दिने घोषणा गरेका हुन्।
प्रधानमन्त्रीले घर निर्माण लागि विस्थापित परिवारलाई १५ लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउने समेत वचन दिएका छन् । उनले बाढी नियन्त्रणका योजनामा अनियमितता अनुसन्धान गर्न संसदीय समिति गठन गर्ने आश्वासन पनि दिए।
कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् । उनले खान र बस्न व्यवस्था मिलाउन पनि प्रशासनलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री डेढ किलोमिटर हिँडेर बाढीपीडितको अवस्था बुझ्नुका साथै सेना, सशस्त्र र नेपाल प्रहरीले पुननिर्माण गरिरहेको भत्केको तटबन्धस्थलको समेत निरिक्षण गर्न गएका थिए।
निरीक्षणपछि प्रधानमन्त्रीले देउवाले बाढीपीडितलाई प्रतिपरिवार २ बण्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि १० गरि जम्मा २५ रुपैयाँ दिइने घोषणा गरेका हुन्। प्रधानमन्त्री देउवाले बाढीपीडितलाई सम्बोधन गर्ने क्रममा राजविराज-कुनौली सडकखण्ड तुरुन्तै सञ्चालनमा ल्याउन पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












