पुर्ननिर्माणमा दाताको मनपरीः आफूखुसी सवा खर्ब रुपैयाँ खर्च, सरकार मुखदर्शक
काठमाडौं, २५ असार । भूकम्पपछिको पुनर्निर्माणका लागि दाता सम्मेलनमा घोषणा गरिएको १ खर्ब २० अर्ब रुपैयाँ विभिन्न राष्ट्रले आफूखुसी खर्च गरेको पाइएको छ । दुई वर्षअघि भएको दाता सम्मेलनमा घोषणा गरिएको ४ खर्ब १० अर्बमध्ये १ खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयसँग सम्झौता गरेर सोझै खर्च गरिरहेको पाइएको हो ।
भूकम्पपछिको पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने पुनर्निर्माण प्राधिकरणको आँकलन छ । पुनर्निर्माणका लागि बजेट अभाव भइरहँदा दाताहरुले यसरी आफूखुसी खर्च गर्दा एकातिर कार्यक्रमहरु दोहोरिने र अर्कोतर्फ बजेट व्यवस्थापनमै समस्या देखिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल अर्थ मन्त्रालयसँग सम्झौता भएका कतिपय बजेट ती निकायले आफू निकटका विभिन्न गैरसरकारी निकायमार्फत सोझै खर्च गरिरहेको बताउँछन् । आजको कारोबार दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित...
-
कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन
काठमाडौं । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित...
-
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
काठमाडौं । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको...
-
चाँदीको मूल्य बढ्दा, सुनको स्थिर
काठमाडौं । आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य बढेको छ । त्यस्तै आज सुनको मूल्यमा परिवर्तन देखिएको छैन। चाँदीको मूल्यमा...
-
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
काठमाडौं । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका...
-
सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो...
-
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय...
-
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र...
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...