ओलीको आलोचकलाई कुलमानले दिए गतिलो झापड, नेपालकै नदीमा पानीजहाज चलाउन सकिने
काठमाडौं, २५ असार । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले नेपालकै नदीमा पानीजहाज चलाउन सकिने दाबी गरेका छन् । नेपालको नदी भएर काठमाडौंको नजिकैसम्म भारतबाट पानीजहाज ल्याउन सकिने दाबी गरेका हुन् । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नै पानी जहाज चलाउने कुरा गर्दा उनको निकै मजाक उडाईएको थियो ।
उनले हिन्द महासागरमा तेस्रो मुलुकबाट सामान आयात गर्दा नेपाल झण्डा फहराइएको पानीजहाज मार्फत ल्याउने योजना अघि सारेका थिए । जुन कुराले गर्दा उनको निकै आलोचना भएको थियो । तर, अहिले कुलमानले पानीजहाज चलाउने ओलीको सपनालाई अघि बढाउने जमर्को गरेपछि ओलीका आलोचकलाई गतिलो जवाफ मिलेको छ ।
कुलमानले रामेछाप–काठमाडौं पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै कुलमानले जापानी सहयोग नियोग (जाइका)ले २० वर्षअघि नै तयार पारेको जलविद्युतको सम्भाब्यता अध्ययनसहित एउटा रिपोर्ट र मास्टर प्लानमा कोशी बेसिनका नदीहरुलाई समेटेर २५ हजार मेगावाटभन्दा माथि बिजुली निकाल्न सकिने र त्यसैका माध्यमबाट काभ्रेको दोलालघाटसम्म भारतबाट पानी जहाज नै ल्याउन सकिने देखाइएको तथ्य बाहिर ल्याएका हुन् ।
उनका अनुसार यो रिपोर्ट सन् १९८५ मै बनेको थियो तर, अहिलेसम्म कार्यान्वयनमा आएको छैन । यद्यपी विद्युत प्राधिकरणको प्रमुख भएपछि कुलमानले यही मास्टर प्लानअनुसार आयोजनाहरु बनाउने प्रक्रिया अघि बढाउन राजनीतिक नेतृत्वसमक्ष पहल गरिरहेको जानकारी दिए ।
‘अब नदीको बेसिनमा आधारित भएर आयोजनाहरु बनाउनुपर्छ । यो रिपोर्टमा टेकेर आयोजनाहरु बनाउने हो भने नेपाललले मात्रै हैन, पुरै दक्षिण एसियाले यसबाट ठूलो फाइदा लिन सक्छ,’ कार्यक्रममा सञ्चारकर्मीसँग उनले भने, ‘ठूला जलाशययुक्त आयोजनाहरु बने नेपालमै पानीजहाजसम्म ल्याउन सम्भव छ । हामीले धेरै मेगावाट विजुली निकालेर निर्यात पनि गर्न सक्छौं । त्यसैले अब त्यतैतर्फ अघि बढ्नुपर्छ ।’
जाइकाको रिपोर्टअनुसार पानीजहाज चलाउन सप्तकोशी (चतरा) देखि सुनकोशी–३ (दोलालघाट) सम्म यो बीचमा ४ वटा ठूला जलाशययुक्त आयोजना बनाउने हो भने अहिले भारतको इलाहबादसम्म आउने गरेको पानी जहाजलाई काभ्रेको दोलालघाटसम्म ल्याउन सकिन्छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












